साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १०४औँ कार्यक्रम

Nepal Telecom ad

 height=काठमाडौँ, वैशाख २१ गते, शनिबार । सुरभि साहित्य प्रतिष्ठान नेपालले आफ्नो १०४औँ आख्यान वाचन कार्यक्रम सम्पन्न गरेको छ ।  {{read_more}} प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रममा विराटनगरका साहित्यकार गायत्रीकुमार चापागाईंको प्रमुख आतिथ्य रहको थियो भने वरिष्ठ साहित्यकार एवम् अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको विशिष्ट आतिथ्य रहेको थियो । अन्य अतिथिहरूमा तरेली साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष शैलेन्द्र श्रेष्ठ, कथाकार महेन्द्र चालिसे रहेका थिए । 

कथा तथा निबन्ध वाचन गरिएको यस कार्यक्रममा रमेश भट्टराई पूजारी, प्रमोद प्याकुरेल, महेन्द्र चालिसे, महेशकुमार वाग्ले, सुशील आचार्य, रञ्जना पराजुली लम्साल, रामकुमार पण्डित क्षेत्री, गोविन्द घिमिरे वेदमणि र गायत्रीकुमार चापागाईले कथा वाचन गरेका थिए भने शैलेन्द्र श्रेष्ठ र परशुराम पराशरले निबन्ध वाचन गरेका थिए । 

कथा वाचनको कार्यक्रमसँगै अतिथिहरुले मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले कथाका प्रकार र तत्वहरुको बारेमा बताउनुहुँदै आपूmले भर्खरै घुमेको उत्तर कोरियाले प्रगति गर्ने कारणको बारेमा महत्वपूर्ण कुराहरु बताउनु भयो । त्यस्तै प्रमुख अतिथिले पनि सुरभिको कार्यक्रमको महत्वपूर्ण पाटो भनेकै कथामा भएको तत्काल गरिने समीक्षा भएको कुरा बताउनु भयो । 

कार्यक्रममा वाचित रचनाहरुको समीक्षा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव अच्युत घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा स्रोताका रुपमा पनि धेरै जनाको उपस्थिति थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x