साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको ७८ औँ शृङ्खला 

Nepal Telecom ad

 height=वैशाख १४ गते शनिबार, घुम्ती कविगोगष्ठी नेपालको ७८ औँ शृङ्खला काठमाडौँको गोकर्णेश्वर न.पा.स्थित जोरपाटीका वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिको निवासमा सम्पन्न भएको छ । {{read_more}} वेदमणिकै अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसद माननीय कृष्ण राई हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा प्रदेश नं. ३ का सांसद माननीय रामेश्वर फुयाँल हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा डा. शेषराज आचार्य, रामबहादुर पहाडी, ढुण्डीराज पोखरेल, शंकर भारती, निबन्ध आचार्य, ईश्वरप्रसाद सापकोटा, डिल्लीराज अर्याल, शीतल गिरी, भगतदास श्रेष्ठ, यदुनाथ वसन्तपुरे हुनुहुन्थ्यो । यसै कार्यक्रममा कविता वाचन तथा गोविन्द घिमिरे वेदमणिका दुई बाल कथासङ्ग्रह खैरे स्यालको चलाखी र पुतलीको दोहोलोको समेत विमोचन भएको थियो । 

कविता वाचनको कार्यक्रम र बाल कथासङ्ग्रह विमोचनको कार्यक्रम गरी दुई शृङ्खलामा विभाजित यस कार्यक्रममा कविता, गीत तथा गजल वाचन गर्ने कविहरूमा माननीय कृष्ण राई, माननीय रामेश्वर फुयाँल, वि.पि. इलामे, शिशिर श्रेष्ठ, सुशीला खड्का हसिना, मेनका पोखरेल आचार्य, यदुनाथ वसन्तपुरे, रामचन्द्र दाहाल, महेन्द्र चालिसे, कात्यायन, ओमप्रसाद कोइराला, सुशील आचार्य, गोविन्द नेपाल, घनश्याम प्रसाईं, सुमन पुडासैनी मित्र, सूर्य चापागाईं, परशुराम पराशर, रामबहाजुर पहाडी, बाजुराम पौडेल, ढुण्डीराज पोखरेल, भगतदास श्रेष्ठ, रामचन्द्र खतिवडा, वसन्त रिजाल, रामकुमार पण्डित, रोशन श्रेष्ठ, सागर दाहाल, शान्ती रिसाल, बालमुकुन्द कार्की, अच्युत घिमिरे, राजबाबु श्रेष्ठ सागर लगायत हुनुहुन्थ्यो । वाचिन कविताहरूको समीक्षा साहित्यकार शीतल गिरीले गर्नुभएको थियो । 

कविता वाचन पश्चात् पुस्तक विमोचन र मन्तव्यको कार्यक्रम रहेको थियो । मन्तव्यको क्रममा प्रमुख अतिथि माननीय सांसद कृष्ण राईले अवका कविता समृद्धिसँग जोडिनुपर्ने कुरा बताउनु भयो । मन्तव्यकै क्रममा वहाँले सबैभन्दा उत्कृष्ट तन्त्र लोकतन्त्रमा राज्य प्रवेश गरिसकेको हुँदा अब यसलाई मजबुत बनाउन राज्यले नै समृद्धिलाई आफ्नो मूल ध्येय राखेको हुँदा हामी कविलेखकहरूलाई पनि यसतर्फ लाग्न अनुरोध गर्दछु भन्नुभयो । वहाँले कम्तिमा पनि तीनवटा कविता लेख्दा एउटा कविता चाहिँ समृद्धिको लागि लेख्नुपर्ने बताउनुभयो । अर्का सांसद रामेश्वर फुयालले मन्तव्य दिँदै कवितासाहित्य लेख्ने साहित्यकारले कम्तिमा पनि आफ्नो जीवन गुजारा गर्नुपर्ने गरी लेख्नु पर्ने र यसको लागि राज्यले पनि पहल गर्नुपर्ने कुरा बताउँदै यसो गरेमा साहित्यकार पनि उत्पादक बन्न सक्ने हुन्छ भन्ने कुरा बताउनुभयो । 

घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष परशुराम पराशरले सञ्चालन गरेको यस कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले तत्कालै गरेको कोरिया भ्रमणको बारेमा अनुभव बताउँदै त्यहाँको समृद्धि त्यसै भएको होइन रहेछ, त्यहाँ त काम नगरी कोही बस्नै नमिल्ने र महिलाहरूले पनि गहना र शृङ्गारलाई महत्व नदिने हुनाले अनि अनावश्यक खर्च नगर्ने त्यहाँको प्रचलनले गर्दा त्यो मुलुक सम्पन्न भएको रहेछ भन्ने यथार्थ कुरा बताउनु भयो । साथै वहाँले एउटा यात्रा कविता वाचन गर्नुभयो र सबैलाई धन्यवाद दिनुभयो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x