साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रमिक दिवसमा कविता वाचन

Nepal Telecom ad

 height=१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस रामेछापमा एक कार्यक्रमका बीच मनाइयो । {{read_more}} मन्थलीस्थित मन्थली नगरपालिकाको नगर सभा हलमा सम्पन्न प्रातःकालीन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा साहित्यकार प्रा.डा.दिनेशराज पन्तको प्रमुख आतिथ्यता, साहित्यकार तथा समाजसेवी रामचन्द्र वियोगीको विशिष्ट आतित्थतामा सम्पन्न सो कविता वाचन कार्यक्रममा कविहरू अनीता थापा मगर, राजुविक्रम बस्नेत, सीपी आचार्य, नवीन गाउँले, लालबहादुर तामाङ, सिर्जना बस्नेत, युनिक विफा घिसिङ, कुमार यात्री, उद्धव अविचल, केशव अमोल, धन योञ्जन, पेशल आचार्य, रामचन्द्र वियोगीलगायत करिब १५ जना कवि तथा कवयित्रीहरूले विभिन्न शीर्षकका कविताहरू वाचन गरेका थिए । कार्यक्रममा विपीन भट्टराईले २ वटा लघुकथा सुनाए । 

समारोहमा लक्ष्मण भुजेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष कैलाश खत्री र नेकपाका जिल्ला नेता आनन्द श्रेष्ठ लगायतका वक्ताले मजदुर दिवसको ऐतिहासिकता सम्बन्धमा सारगर्भित सन्देश दिए । 

सो कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्राडा दिनेशराज पन्तले भाषा र साहित्यका क्षेत्रहरूमा अहिले नेपालका मोफसल भनिने स्थानहरूले विभिन्न प्रकारका रचनात्मक सुकार्यहरूको थालनी गरेकोमा खुसी व्यक्त गरे । रामेछाप कला साहित्य प्रतिष्ठानका अध्यक्ष तथा कवि धन योञ्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको स्वागत् मन्तव्य कवि उद्धव अविचल र धन्यवाद् ज्ञापन कवयित्री सिर्जना बस्नेतले गरेका थिए । 

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष धन योञ्जनले प्रमुख अतिथि प्राडा दिनेशराज पन्तलाई नेपाली ढाका टोपी लगाइदिएर सम्मान गरेका थिए ।  

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेख अदालत, तामाकोसी रेडियोका स्टेसन म्यानेजर युवराज श्रेष्ठ, गैसस महासंघका उपाध्यक्ष रत्नप्रसाद कडेँल, सामुदायिक जनशक्ति विकास कार्यक्रम, गोल्माटारका नवराज श्रेष्ठ र सामुदायिक विकास समाजका निर्देशक मिलनकुमार घिसिङ्लगायत उपस्थिति रहेको थियो ।   

सोही संस्थाको आयोजनमा सायंकालीन कार्यक्रमका रूपमा मन्थलीको मुटु देवकोटा चोकमा १३३ वटा मैनबत्ती बालेर दिवंगत श्रमिक र श्रमिक आन्दोलनमा लाग्ने योद्धाहरूलाई सम्झने काम गरियो । 
–कुमार यात्री मन्थली 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x