साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्छन् भन्न ता

Nepal Telecom ad

गरिवलाई उठाउँछु भन्छन्  height=
फकाउँछन, थच्याउँछन तिनै
किनकि तिनलाई स्वार्थ लुट्नु छ {{read_more}}
वैधानिक डकैती गर्नु छ ।

जनमतको दुहाई दिँदै
अमृतवाण छर्कन खप्पिस 
मौका नपरेसम्म झुक्छन, लटपटिन्छन्
ताल पर्यो कि त ओखलेर फालिदिन्छन सहजै ।

विविध तन्त्रको खेती गर्न पल्केका
नैतिकता बेच्न र किन्न माहिर छन् तिनै 
ठूलो डाँकोमा कुर्लदै डङ्का पिट्छन्
नयाँ नेपाल बनाउँछौं, बनाउँछौँ ।

इतिहासलाई मेटेर वर्तमान चिनाउने
सामर्थ्य तिनले राख्ने भए
दासत्व तिनले किन स्वीकार्थे र ?
नैतिकता तिनले किन बेच्थे र ?

हो, हो, हो,
खोइ त गरिवको आङमा कपडा !
खोइ त मुखमा तिनलाई माड !
खोइ त न्यायको आभाष !
नवसामन्तीले डसेको डस्यै छन् !!!
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x