साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको लघुकथा गोष्ठी 

Nepal Telecom ad

साहित्य सन्ध्याको नियमित मासिक ३९१ औँ शृङ्खला माघ ५ गते शनिबार काठमाडौँमा सम्पन्न भयो । {{read_more}} यस शृङ्खलामा वरिष्ठ कवि उमेश उपाध्यायद्वारा  height=लिखित  ‘जडताको ताण्डव’ कवितासङ्ग्रहको लोकार्पण एवम् परिचर्चा र लघु कथागोष्ठी गरी सम्पन्न गरियो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन देबु लुइटेलले गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा प्रा.डा.जीवेन्द्रदेव गिरी उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा जनगायिका एवम् माननीय सानु पहाडी, त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भुपप्रसाद धमला, वरिष्ठ कवि कणाद महर्षि, डा.पुष्करराज भट्ट, वरिष्ठ कवि पुरुषोत्तम सुवेदी, वरिष्ठ कवि उमेश उपाध्याय, वरिष्ठ गजलकार रामबहादुर पहाडी, साहित्यकार गोविन्द घिमिरे वेदमणि, आख्यानकार सीताराम नेपाल, प्राज्ञ नर्मदेश्वरी सत्याल उपस्थित हुनुहुन्थ्यो ।  

प्रमुख अतिथि शान्ता मानवीले वरिष्ठ कवि उमेश उपाध्यायको कवितासङ्ग्रह ‘जडताको ताण्डव’को लोकार्पण गर्नुभयो र उक्त लोकार्पित कृतिमाथि वरिष्ठ कवि पुरुषोत्तम सुवेदीले चर्चा गर्नुहुँदै शान्त वातावरणमा साहित्यसाधनामा लागिरहने, कम चर्चामा आउनखोज्ने तर गहिरो चेतना भएका कवि उमेश उपाध्यायले जिफन्टमा रहेर लामो समय मजदुर आन्दोलनलाई व्यवस्थित पार्ने र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने अभियान चलाउनुभएको बताउनु भयो । सुवेदीले समाज, जीवन र दार्शनिक पक्षधरता, सशक्त वैचारिकता, समसामयिकता उहाँका कविताका विषय हुन् अर्थात् कविताका मूल धरातल बनेको उल्लेख गर्दै सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्नु, माक्र्सवादी सौन्दर्यशास्त्रको सुन्दर संयोजन गर्नु, बहुल विम्बको प्रयोग गर्नु, विम्ब र प्रतीकका रूपमा विज्ञानका महत्त्वपूर्ण कुरालाई, पौराणिक रामायण र महाभारतका कुराहरूलाई सुन्दर ढङ्गले अभिव्यक्त गर्नु उहाँको कविताको विशेषता हो भन्नुभयो । 

गोष्ठीमा ललिता दोषी, रामकुमार पण्डित, लीलाराज दाहाल, मुकुन्द न्यौपाने, गोपाल नेपाल, जयन्ती स्पन्दन, गङ्गा कर्माचार्य पौडेल, सीताराम नेपाल, गोविन्द घिमिरे वेदमणि, गोपाल मैनाली, केशवराज अर्याल, नर्मदेश्वरी सत्याल, डम्बर पहाडी, सुनील पुरी, रश्मि रिमाल, देवकी के.सी., गणेश घिमिरे ‘मार्मिक’, डम्बर घिमिरे, सुरज आचार्य, कात्यायन, हरि पौडेल र कणाद महर्षिले आआफ्ना लघुकथा वाचन गर्नुभएको थियो ।

नेपाली लघुकथाको इतिहासदेखि वर्तमानसम्मको अवस्थाका बारेमा सङ्क्षिप्त जानकारीसहित वाचित लघु कथामाथि टिप्पणी गर्नुहुँदै डा.पुष्करराज भट्टले २००७ सालको पूर्णप्रसाद ब्राह्मणको ‘झिल्काहरू’ शीर्षकको पहिलो लघु कथादेखि २००८ सालको जयनारायण गिरीको, २०१९ को शशीकला शर्माको हुँदै नेपाली लघुकथाको यात्रा २०४० पछि गोजीपात्रोको रूपमा विकसित भएको र २०५३ सालमा झापाको धुलाबारीमा तत्कालीन प्रज्ञा प्रतिष्ठानसमेतको आयोजनामा सम्पन्न भएको गोष्ठीमा राजेन्द्र सुवेदीले नेपाली लघु कथाको सैद्धान्तिक स्वरुप प्रस्तुत गर्नुभएपछि एउटा दिशा प्राप्त भएअनुसार हालसम्म करिब ३०० लघु कथाका कृति प्रकाशित भएका छन र नेपाली लघु कथा गतिवान् बनेको छ भन्नुभयो । 

साहित्य सन्ध्याको आजको समारोहमा बाइसओटा लघु कथा वाचन भएका थिए । गोष्ठीले पनि नेपाली लघु कथालेखन यात्रामा रहेका स्रष्टा खुट्याउने काम गरेको छ, महत्त्वपूर्ण काम गरेको छ । आज वाचित लघु कथाहरूमा स्थापितदेखि नवसिर्जनासम्म सुनिए । 

लोकार्पित कवितासङ्ग्रहका स्रष्टा उमेश उपाध्यायले कवितासिर्जना यात्रामा लाग्दा कतिपय अवस्थामा आफ्ना मनका कुरा एउटै कवितामा समेट्न नसकेकोले पनि लामा कवितामा पुग्नुपरेको र यस्तै लामा कविताहरूका तीनओटा सङ्ग्रहको तयारी गरिरहेको, आफ्ना कविताका बारेमा पुरुषोत्तम सुवेदीले विशद चर्चा गरिदिनुभएकाले अब तपाईँ पाठकहरूको प्रतिक्रिया पढ्ने अपेक्षा गरेको छु भन्नुभयो । 

प्रमुख अतिथि शान्ता मानवीले साहित्य सन्ध्याको यो अविश्रान्त यात्रामा आज वरिष्ठ कवि उमेश उपाध्यायको कवितासङ्ग्रहको लोकार्पणको अवसर मलाई प्राप्त भयो भन्दै नेपाली लघुकथाका बारेमा इतिहासदेखि वर्तमानसम्म जानकारी प्राप्त भयो र झण्डै दुई दर्जन लघुकथा सुनिए र तिनको विस्तृत समीक्षासमेत सुन्न पाइयो भन्नु भयो ।  साहित्यकारले सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने, सचेत पार्ने, घच्घच्याउने र राजनीतिलाई दिशानिर्देश गर्ने काम गर्नुपर्दछ तर अहिले साहित्य अल्मलिएको वा बिरोलिएको पो हो कि भन्ने मलाई लागिरहेको छ । यसमा तपाईँ स्रष्टाहरू सचेत हुनुहुने छ भन्नुभयो ।     

समारोहका अध्यक्ष राम विनयले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी महिनामा फेरि हामी कुनै समसामयिक विषयमा बहस गर्नेगरी उपस्थित हुने जानकारी दिएरै समारोहको समापन गर्नुभयो ।
–रमेश पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x