साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपराध

Nepal Telecom ad

कलमझैं कोटको खल्तीमा height=
चक्कु भिरिरहनुभएको छ तपाईं
आलो रगतले रंगिएको {{read_more}}

रगतकै तेल हालेर
कपाल मिलाउनुहुन्छ चक्कुको धारले
फुलाउँदै हिँड्नुहुन्छ छाती
अपराधको तक्माले सजिएको

अपराधी जति सम्मानित कोही छैन
यो मुलुकमा

खोकिलामा च्यापेर हत्याको सबुद
हत्यारा स्वयं तपाईं
निस्किनुभएको छ हत्यारा पत्ता लगाउन
कति सजिलै पत्याइदिन्छौं हामी
यो अपराधको चलखेल

घातको घट्ट घुमाएर 
गीत गुन्गुनाइरहनुभएको छ– तु चिज बडी हे मस्त मस्त

चेलीको क्षतविक्षत तन देखेर
किन उत्तेजित भइरहेछ स्वयं सुरक्षा ?

रूखमा क्रुसिफाई गरिएका आफन्त
र छाती प्वाल परेका दाजु हेरेर
किन रौसिएका छन् कुुर्सीका आँखा ?

राष्ट्रिय जनावरको सुरक्षामा
किन छिनाइएको छ मानिसको गर्दन ?

तपाईंको टाउकोमा गुँड लगाएर बसेको छ
एउटा विषधर बिच्छी
जसको डंकले
निलाम्मे पल्टिएको छ देश

तपाईंको आँखाले बोल्छ अपराधको चमचम
तपाईंको नाकमा हिमालझैं टल्कन्छ अपराध
मुसुक्क मुस्कुराउँदा
कस्तरी हाँस्छ अपराध तपाईंको ओठमा

मानिसको रगतको चन्दन घसेर निधारमा
तीर्थ गइरहनुभएको छ तपाईं
अपराधलाई अँगालो मारेर
चुम्मा खाइरहनुभएको छ अपराधको चिल्लो गालामा

न्यायको मूर्ति हो कि
अपराधको सालिक ?
न्यायको तराजु समातेर
अपराध स्वयं उभिएको छ न्यायालयमा
न्यायालयकै स्कर्टिङले घेरिएर
बुलेटप्रुफ मोटरमा सवार भइरहेछ अपराध

तपाईंको सिरपोस बनिरहेछ अपराध
स्वागत नगर्नोस् यसरी फूलको बुकी दिएर अपराधलाई
देश चलाउने साँचो नदिनोस् अपराधलाई

तेरो अपराध यति कि
तँ कोरली जन्मिस्
र साँढेको जिभ्रोको सितन भइस्

तेरो अपराध यति कि
तँ निरपराध भइस्
जानिनस् एसिड र चक्कुको खेला

तेरो अपराध यति कि
तँ आफू जोगिन सकिनस्
तैँले जोगाउन सकिनस्
आँगनमा खिलखिलाएका शिशु–फूललार्ई

अब, एउटा कुरा मात्र छ बाँकी
अपराधी ठानेर आफैंलाई
आफ्नो घाँटी निचोर्न नपरोस्

कि त च्यातिदेऊ
इतिहासले फलाक्ने अपराधको रामायण
कि त छ्यापिदेऊ एसिड
अपराधको खुनी मुहारमा

तपाईंको सिरपोस बनिरहेछ अपराध
स्वागत नगर्नोस् यसरी फूलको बुकी दिएर अपराधलाई
देश चलाउने साँचो नदिनोस् अपराधलाई ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँकी कुरा

बाँकी कुरा

केशव सिलवाल
बसाइँ !

बसाइँ !

केशव सिलवाल
तारो हान्ने खेल

तारो हान्ने खेल

केशव सिलवाल
टेको

टेको

केशव सिलवाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x