साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ पान थुक्न मनाही छ

त्यहाँ रगत मिसिएको छ लाहुरेको मसला भनौँ कि के भनौँ ? त्यहाँ हड्डीको धुलो मिसिएको छ बहादुरको पानको पात बनाएर चपाइरहेछ छिमेकी हाम्रो चेलीको अस्मिता सुपारीझैँ टुक्रा-टुक्रा पारेर टोकिरहेछ यो देशको स्वाभिमान ।

Nepal Telecom ad

केशव सिलवाल :

पिच्च पिच्च पान थुकिरहन्छ छिमेकी
यहाँ पान थुक्न मनाही छ

हेर, शहरका हरेक कुनाकाप्चा
हेर, गाउँका चौतारी र आँटीहरू
हेर, सिंहदरबारका भित्री भरेङका कुनाहरू
यहाँ बग्रेल्ती छन् पानका छिटाहरू

राजमार्गका दायाँबायाँ होस्
या होस् सगरमाथाको अग्लो भित्ता
या होस् लुम्बिनीको हरियो फाँट
राताम्य छन् पानका छिटाले

शहीदको रगतले सिञ्चित यस भूमिलाई
पानको रसले सिञ्चन नगर, छिमेकी
यहाँ पान थुक्न मनाही छ

कोशी नदीको बहाव होस्
या महाकाली नदीको गर्जन
या हुन् कर्णाली  र गण्डकीका छाल
गुलजार छन् पानका छिटाले

रसजति सबै आफूले चुसेर
हाम्रो अनुहार नै बिग्रिनेगरी
मुखभरि नथुक पानको छिटा
यहाँ पान थुक्न मनाही छ

तर, यहीँ छन् बरा
थुकदानी लिएर छिमेकीको वरिपरि नाच्नेहरू
यहीँ छन्
छिमेकीले ओकलेको जुठो पान चपाउनेहरू
यहीँ छन् पानको थुकको छिटाले
आफू पवित्र भएको अनुभूति गर्नेहरू

पानको रस भनौँ कि के भनौँ ?
त्यहाँ रगत मिसिएको छ लाहुरेको
मसला भनौँ कि के भनौँ ?
त्यहाँ हड्डीको धुलो मिसिएको छ बहादुरको
पानको पात बनाएर चपाइरहेछ छिमेकी
हाम्रो चेलीको अस्मिता
सुपारीझैँ टुक्रा-टुक्रा पारेर
टोकिरहेछ यो देशको स्वाभिमान

सन्ततिकै लागि भए पनि
राख्नु छ साफसुथरा देश
पान थुकेर फोहर नगर, छिमेकी
यहाँ पान थुक्न मनाही छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँकी कुरा

बाँकी कुरा

केशव सिलवाल
बसाइँ !

बसाइँ !

केशव सिलवाल
तारो हान्ने खेल

तारो हान्ने खेल

केशव सिलवाल
अपराध

अपराध

केशव सिलवाल
टेको

टेको

केशव सिलवाल
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x