साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँकी कुरा

दुःखी मानिस गाइरहेका छन् अझै पनि दुःखको गीत तारो बनिरहेका छन् बाँकी रहेका केही उज्याला मानिसको झीनू चेतना र अङ्कुराइरहेको फूलको मसिनो बिरुवा ।

Nepal Telecom ad

केशव सिल्वाल :

केही मानिस अझैँ पनि
दुई खुट्टा टेकेर उभिएका छन्
हातले चोरऔँला तेर्स्याइरहेका छन्
निधारमा क्रोध खुम्च्याइरहेका छन्

हत्या हुन बाँकी केही मानिस
आँखामा हत्याको
क्यालेण्डर झुण्ड्याएर हेरिरहेका छन्

खण्डहर संरचनाको बीचमा
भत्कन बाँकी संरचना
त्यो दिन कुरिरहेका छन्

मानिसले कुल्चिएको जमिनमा
केही मात्र बाँकी छ
राष्ट्रिय अस्मिताको ढुकढुकी

जरादेखि सुकिसकेको छ
मानिसको खैरो आशा
दुःखी मानिस गाइरहेका छन्
अझै पनि दुःखको गीत

तारो बनिरहेका छन्
बाँकी रहेका केही उज्याला
मानिसको झीनू चेतना
र अङ्कुराइरहेको फूलको मसिनो बिरुवा

फुक्लिसक्यो धेरै
तर फुकाल्न बाँकी नै छ
अझै पनि केही लुगा

अझै बाँकी छन् केही कुराहरू
ध्वंसको लागि ।

०००
वर्जित अवशेष (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बसाइँ !

बसाइँ !

केशव सिलवाल
तारो हान्ने खेल

तारो हान्ने खेल

केशव सिलवाल
अपराध

अपराध

केशव सिलवाल
टेको

टेको

केशव सिलवाल
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x