साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तुइनमा उल्टो झुण्डिएर

देशको एउटा अपाहिज सपना तर, गहिरो कुम्भकर्णे निद्राबाट बिउँझिने प्रयास गर्दैन देश विद्यालय गइरहेकी छे एउटी सानी केटी तुइनमा उल्टो झुण्डिएर ।

Nepal Telecom ad

तुइनमा उल्टो झुण्डिएर
विद्यालय गइरहेकी छे
एउटी सानी केटी
तुइनमा उल्टो झुण्डिएर
उल्टो झुण्ड्याएको छ
यस देशले
ती निरीह केटीलाई
र घोकाइरहेछ इतिहास
‘नेपालीहरू वीर छन्’
जब डाडाँले नै छेकिदिन्छ
थाहा हुँदैन खोँचमा
कहाँ छ देश ?
मध्यान्हमै अस्त हुन्छ जहाँ
पक्षपाती एक पाखे घाम
थाहा हुँदैन त्यहाँ
देश भनेको के हो ?
देश खोज्दै ती केटीहरू
दिनदिनै गरिरहन्छन् तुइनबाट
वारि र पारि
र, पल्टाउँछन् वर्षको अन्तिम महिना
बल्लतल्ल आइपुगेको
सरकारी पुस्तकको अनुहार
देशमा क्रियाशील छन् डलरका संस्थाहरू
चलायमान छन् एक से एक घरानियाँ अनुहारहरू
तर, कुपोषण लागेको छ पहाडलाई
बाहिर टुसुक्क निस्किएका छन् आँखाहरू
खडेरीले खाएको छ तराइजस्तो मनलाई
तर, गणना गर्छन् घरानियाँहरू केवल लास
कति पुग्यो ?
सय, हजार वा एक लाख…… ?
उडनतस्तरीमा आउँछन् यहाँ शासकहरू
ती कुन ग्रहका जीव हुन् ?्
चिन्दैनन् ती केटीहरू
यति थाहा छ
देश भनेको यही तुइन रहेछ
जुन चुँडिन सक्छ जतिबेला पनि
जब चुडिन्छ खिया लागेको तुइन
विलीन हुन्छन् तिनीहरू पानीमा
विलीन हुन्छ
देशको एउटा अपाहिज सपना
तर, गहिरो कुम्भकर्णे निद्राबाट
बिउँझिने प्रयास गर्दैन देश
विद्यालय गइरहेकी छे
एउटी सानी केटी
तुइनमा उल्टो झुण्डिएर ।

०००

चिबेचरा’ कविता सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँकी कुरा

बाँकी कुरा

केशव सिलवाल
बसाइँ !

बसाइँ !

केशव सिलवाल
तारो हान्ने खेल

तारो हान्ने खेल

केशव सिलवाल
अपराध

अपराध

केशव सिलवाल
टेको

टेको

केशव सिलवाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x