साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तारो हान्ने खेल

Nepal Telecom ad

 height=तारो हानिरहेछन् प्रतापी मानिसहरू
सिधै एक अर्काको निधारमा {{read_more}}
यद्यपि, अर्कै छ तारो हान्ने ठाउँ

चाहिँदैन कुनै विशेष दिन
वा कुनै विशेष पर्व
जहिले पर्छ सन्दर्भ
वा नपरे पनि कुनै अवसर
हरेक दिन मानिसहरू खेलिरहेछन् एक आपसमा
तारो हान्ने अपूर्व खेल

यो परम्परा हो
लामो समयदेखि चलि आएको
इतिहासका हरेक प्रहरमा खेलिएको
बाजे बराजुको पालादेखि
हामी नातिहरू अहिले
खेलिरहेछौँ तारो हान्ने खेल

उस्ताद बनिसक्यौँ हामी
आँखा चिम्लेरै ढाल्छौँ
आफन्ती सङ्गातीलाई
रोमाञ्चले उफ्रिँदै
कुशलतापूर्वक खेल्छाँै एक आपसमा
तारो हान्ने खेल

घाइते छ हरेकको अनुहार
घाइते छ हरेकको निधार
कसैको छैन एउटा आँखा
कसैको छैन नाकको टुप्पो
कसैको काटिएको छ माथिल्लो ओठ
कसैको च्यातिएको छ तल्लो ओठ

पानसमा बत्ति बालेर मुस्कुराउँदै
उद्घाटन गरिरहेछन् स्वयम् राष्ट्रप्रमुख
उपल्लो सभाघरमा छन्
एक से एक तारोबाज खेलाडीहरू

हरेक सेकेण्ड यहाँ 
तारो लागेर ढल्छ एउटा विश्वास
हरेक मिनेट यहाँ
तारो लागेर भत्किन्छ एउटा भविष्य

वरिपरि छ रगतको आहाल
फूलबाट चुहिएको छ रगत
चुहिएको छ घाम र जूनबाट
चुहिएको छ मानिसको हृदयबाट
सपनाको कोख
र, देशको मुटुबाट रगत

तारो बनेर उभिरहेछन् 
रुन्चे अनुहारका क्लान्त मानिस
दलनमा परेका पिँधका मानिस
ढुङ्गा माटो निर्मित झुपडीका भित्ताहरू
तारो बनेर उभिरहेछ
सुक्दै गएको लोकतन्त्रको छाती

भ्याइनभ्याइ छ तीर बनाउनेहरूलाई
भ्याइनभ्याइ छ तारो हान्न सिकाउने अग्रजहरूलाई
यी विश्वविद्यालय हुन्
या तारो हान्न सिकाउने शिक्षालय ?
यी चाडहरू परम्परा हुन्
या बधपर्वको निरन्तरता ?

चाहिँदैन कुनै विशेष दिन
वा कुनै विशेष पर्व
जहिले पर्छ सन्दर्भ
वा नपरे पनि कुनै अवसर
हरेक दिन 
हरेक क्षण 
मानिसहरू खेलिरहेछन्
एक आपसमा तारो हान्ने खेल
यद्यपि, अर्कै छ तारो हान्ने ठाउँ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँकी कुरा

बाँकी कुरा

केशव सिलवाल
बसाइँ !

बसाइँ !

केशव सिलवाल
अपराध

अपराध

केशव सिलवाल
टेको

टेको

केशव सिलवाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x