साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्गो गणतन्त्र 

Nepal Telecom ad

 height=भान्साभित्र म दूध कुर्दछु भनी ढाडे बिराला सुते
हात्ती अंकुशमुक्त भैकन डुल्यो छाडा भयो माहुते {{read_more}}
देख्नेले पनि लाज मान्छ तनमा सक्छौ खरानी घस
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस
।१।

मुद्दा  हाल्छ किसान धान नभई ती खेत रित्तै हुँदा 
खुल्लेआम मुसाहरू कुदिरहे छन् जेलमा भ्यागुता 
खोज्छौ धान भने मुसा सँगसँगै आफै दुलोमा पस
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस 
।२।

देख्दैनौ किन हो बलात्कृत बनी जामाहरू छन् रुने
आफै दृष्टिविहीन छौ यदि भने चस्मा लगाए हुने
छन् छर्लङ्ग समस्त अङ्ग किन हो सक्छौ लँगौटी कस 
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस
।३।

खिल्ली कानुनको उड्यो उडिरह्यो नाघ्यो सिमाना हद
लाग्दा रोग र्झयो सुशासन र्मयो टाढा रह्यो औषध
मन्त्री कुट्छ छ राष्ट्रसेवक रुने गुन्डा बने शासक
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस
।४।

साँढेको छल युद्धमाझ मिचिए बाछा र बाछीहरू 
आफै पाल्दछ अख्तियार सुनका माछा र माझीहरू 
आएथ्यो जुन त्यो उडी गगनमा खै स्वर्णको बाकस 
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस
।५।
पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x