सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ह्याप्पी भ्यालेन्टाइन डे

हाम्रो आमालाई कचहरी (कोर्ट) थाहा छैन । तर आज हामी नैतिक शिक्षा भुलेर मुद्दा हाल्नुमा आतुर छौँ । परिवार टुक्रा टुक्रा भएर आज लथालिङ्ग भएर सीमित एउटा नाङ्गो देखावटी भएका छौँ ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

होइन कान्छा, यो भैइलेनी डे भनेको चैँ के रहेछ भनेर छेउमा बसेको बोजुले सोध्दा पो छक्कै परेँ… भैइलेनी डे होइन के बोजु भ्यालेन्टाइन डे भन्छ भनेर भन्दा सातपत्र परेको गाला तान्दै फेरि सोध्नु खोज्नु के आँटेको थिइन मैले नि भनिदिएँ…

रोम भन्ने एउटा देशमा सैनिकलाई विवाह (बिहा) गर्नु नपाउने नियम थियो । तर एकजना सन्त वेलैटाइन भन्नेले राजाको विरोधमा सबै सैनिक अनि प्रजाले प्रेम बिहा गर्नु पाउनुपर्छ भनेपछि वेलैटाइन भन्ने मान्छेलाई रोमको राजाले फाँसीको सजाय दिएको थियो । उसको यादलाई सम्झेर आजकल वेलैटाइन (भ्यालेन्टाइन) डे मनाउनु थालेको कुरा भन्दा पो विचरा बोजुले बुझेजस्तो गरिन् ।

अन्त नानी, त्यो राजा त साह्रो पापी थिएछ नि… कस्तो बदमास आफुले त सातवटा बिहा गरेको थियो होला ! अन्त नानी त्यो दिन चैँ के पूजा/प्रार्थना हुन्छ होला नि भनेर भन्दा पो झसङ्ग भएँ… किन चाहियो तपाईंलाई यति बिना नालीबेली भनेर रिसाउँदा पो… होइन कि नानी, त्यो के डे अरे त्यो दिन हाम्रो नातीलाई पैसा दिएन रहेछ उसको आमाले । झण्डै झुन्डिएर मरेन अनि… यति भनेर बोजु अगाडि बढेको मात्रै थिइन् मेरो मनमा वैलेन्टाइनप्रतिको चासो अझैँ बढेर गयो ।

खासै भ्यलेन्टाइन डे बारे मलाई थाहा भएको कुरा चैँ मैले यता राखिदिए तर एउटा घटना सन्त वेलैन्टाइन दिएको फाँसी अनि यता हाम्रो बोजुको नातीले लगाउनु आँटेको फाँसी ?
मैले कतै वेलैन्टाइन भनेको छु कतै भ्यालेन्टाइन ! अचम्म शीर्षक दिएर गतिलो कविता वाचन गर्ने कविजस्तै शब्दको जालमा फसाउँने मेरो इरादा पटक्कै छैन । मलाई साहित्यका शब्द फेरबदल गरेर कुनै पुरस्कार हत्याउने होड पनि छैन । ल्याण्डरोबर गाडीमा चढेर गरीबका कविता लेखेर विश्वको कीर्तिमान कमाउने मन पनि छैन । म त गधाजस्तो भारी बोकेर मेरो समाजको चुहुने दुलो देखाउने साधारण सिपाही हुँ । सिपाही हुँ भन्दा एउटा कुरा याद आयो ।

सिपाही हुँ भनेपछि यता सिपाहीको व्यथा नसुनाए एउटा वीरले कहिल्यै श्रद्धा पाउँदैन । तपाईं त लेखक है, म गोजीमा हात हालेर गजक्क भएँ यो लेखक/कवि भनेर चिया दोकानमा कसैले चिनिदिँदा मात्रै पनि मन कम खुसी हुँदोरहेछ । खाई न पाई बोराको लुगा लगाई भनेको नै साहित्यकार हुनू हो । तर सर हजुर त सिपाही रहेछ भनेर खैनी खाएको ओठ पल्टाउँदा पो हुनूसम्मको रिस उठ्यो । साँच्चै सिपाही भएपछि समाजको जिम्मा बोक्नु नपाउने भान त्यो दिन भयो । सिपाही भएपछि तक्मा अनि पोजिसन बोक्नुपर्छ समाजको रुढीबादी त लेखकले हेर्छ । अब लेखकको त ? लेखक भनेपछि डिग्री बोकेका ठुल ठूला विश्वविद्यालयका प्रमाण पत्र बोकेर हिँड्ने मात्रै लेखक रहेछ भने कुरा त्यो दिन चाल पाएँ । हामीजस्तो बकम्फुसे लेखकको आर्टिकल त चानाचुर पोको पार्नु मात्रै हो । जे होस समाजमा मेरो रचनाले खोर्सानी पोको पार्नु भए पनि काम त लागेको छ नि सर भनेर भनेपछि उनी गए मैले अलिकति सजिलो महसुस गरेँ ।

खास म के भन्दै थिएँ ए, भ्यालेन्टाइन डे रोम देशको कुरा लिएर कताको दालभात योजनामा लगेर नेताको योजनामा मिलाउनु खोजेको होला मैले नि… ।

एउटा अप्सरा पाए त म पनि भ्यालेन्टाइन डे मनाउने थिएँ नि, तर अप्सनमा अप्सरा न नभएर पो !

बिहा भएपछि कम गाह्रो छ दाहिने हिँडे पनि देब्रे हिँडे पनि न हाँस्न सकिन्छ न रुनु सकिन्छ छेउमा बुढी छ ।

कति पाई कुरा बोल्नु मन त पर्दैन, तर रोमन देश अनि भ्यालेन्टाइन न हाम्रो काका हो न मामा । हाम्रो मानसिक विचारका बाहिरको कुरा सही लाग्छ । टाढाको मादल सही बज्छ भने झैँ हाम्रो मानिसले कहिले पनि आदर्श अब्दुल कलाम सर ,आदर्श सुभाष चन्द्र बोस ,आदर्श लक्ष्मीप्रसाद देवकोटाका कुरा उनीहरूको देशप्रेम देख्नु मन गरेनन् ।

आज कैयौँ आदर्श नारीको त्याग अनि आदर्श बलिदान यसै खेरो गएको छ । मलाई ताजुब लाग्यो बोजुको नातिले पैसा नपाउँदा फाँसी लाग्छु भन्ने कुरा र भ्यालेन्टाइनको आदर्श कुरामा धेरै फरक छ । हामीले देखावटी जीवन जिउने क्रममा आफ्नो संस्कृति आफ्नो भाषा आफ्नो मागी बिहा भुल्दै छौंँ, जब कुनै जातिलाई समाप्त गर्नु पर्छ नि तब उसको भाषा अनि संस्कृतिमा आक्रमण गरे ऊ आफैँ सकिन्छ, ठिक आज हामी यस्तै भएका छौँ ।

जेहोस्, मलाई पाखे भन्नेहरूले एउटा कुरा याद गर्नु, जब भ्यालेन्टाइन जस्ता कुरा अनि पश्चिमी शिक्षाले हामीलाई आक्रमण गरेको छ त्यो दिनदेखि हामी गुलाम छौँ । हाम्रो आमालाई कचहरी(कोर्ट)थाहा छैन । तर आज हामी नैतिक शिक्षा भुलेर मुद्दा हाल्नुमा आतुर छौँ । परिवार टुक्रा टुक्रा भएर आज लथालिङ्ग भएर सीमित एउटा नाङ्गो देखावटी भएका छौँ ।

जे होस्, आदर्श न भ्यालेन्टाइन थिए न म छु,जे थियो सब परिकल्पना थियो । आज हामी भ्यालेन्टाइन भन्दै उफ्रिनु खोज्नेहरूलाई न देशको प्रधानमन्त्रीले चिन्छ न राष्ट्रपतिले चिन्छ । राम्रो काम गर्नु दुनियाँले चिन्छ । आज भ्यालेन्टाइन जस्ता त्याग अनि बलिदान दिने मान्छेको कमीमा हामी गुलाम छौँ ।

०००
सिलीगुढी, भारत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अफसाइड

अफसाइड

कृष्ण शर्मा सुमु
बुद्धिजीवी

बुद्धिजीवी

कृष्ण शर्मा सुमु
अङ्ग्रेजीकाे मार

अङ्ग्रेजीकाे मार

कृष्ण शर्मा सुमु
हतार छ

हतार छ

कृष्ण शर्मा सुमु
जाडो महिना

जाडो महिना

कृष्ण शर्मा सुमु
इंग्लिसको मार

इंग्लिसको मार

कृष्ण शर्मा सुमु
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल