साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला- ४०)

ओछ्याएर पराल टन्न डसना जस्तै छ बस्नेस्थल गर्थे बात ठिटा बुढासित मिठा कस्तो मजाको पल तुक्का जोड घटाउ कथ्य कविता गोडेर राम्रोसित । भिड्थे ती घरगाउँले युवक झन् जन्ती ठिटाकासित ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

हाम्रो पुरानो स्थिति

थाम्दै सत्य परम्परा परिधिमा सङ्लो बनाई मन ।
जान्थे जो दुलही लिने विषयमा पाका युवा सज्जन ॥
धोती चट्ट कसी खुला चउरमा बस्थे इमानी बनी
आशा मात्र छ एक गाड्न सकियोस् सम्पूर्णले कन्दनी ॥२२३॥

भोर्लाको टपरी समादर गरी बस्ने सबै लाममा ॥
तातो दाल र भात आउँछ उता आतिथ्य सम्मानमा ।
फर्सीको अति चोपिलो तिहुन झन् सग्ला फुरौला अनि
जन्ती स्वर्ग पुगे समान मनमा खान्थे मिठो क्या भनी ॥२२४॥

बस्थे खान उता अलग्ग जति छन् दर्जीहरू सक्कल ।
ल्याओ दाल यता छिटो अब भनी गर्थे ठुलो खल्बल ॥
आऊन् है घिउका दुना अझ यता हे बाहुनी बर्जु हो ।
भन्थे एक छ भागमा मन खुसी छैनन् फुरौला अहो ॥२२५॥

जेठा बा अझ भन्दथे नजिकका केटाहरू साथमा ।
खाओ टन्न थपेर भात अहिले भोकाउला रातमा ॥
दिन्थे फेरि ठिटा जवाफ गतिलो के बात गर्छौ बुढा।
खाजाको परिबन्ध गर्न नसके हान्छौँ उठाई खुँडा ॥२२६॥

भन्थे झट्ट बुढा म गर्दछु कुरा खाजा मिलोस् रातमा ।
तिम्रा माग अवश्य राख्छु नमिले दङ्गा नहोस् साथमा ॥
यस्तै बात गरी भरी अब भुँडी गाड्दै सबै कन्धनी ।
लाग्थे मण्डपतर्फ छन् ठसमसी बस्थे इमानी बनी ॥२२७॥

ओछ्याएर पराल टन्न डसना जस्तै छ बस्नेस्थल
गर्थे बात ठिटा बुढासित मिठा कस्तो मजाको पल
तुक्का जोड घटाउ कथ्य कविता गोडेर राम्रोसित ।
भिड्थे ती घरगाउँले युवक झन् जन्ती ठिटाकासित ॥२२८॥

यस्तो उत्सुकले बसी मन कसी खाने सफा संस्कृति ।
पुस्ता अन्तरमा सबै समयले भिन्नै बनायो स्थिति ॥
हाम्रा पूर्व परम्परा सब गए फर्केर के आउलान् ।
छाँटाको अब दाल शुद्ध घिउको चोखो कहाँ पाउलान् ॥२२९॥
क्रमशः

०००
२०८०/२/८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x