साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री-नैतिकता संवादे !

‘गणतन्त्रमा त झनै नैतिकता हुनुपर्छ नि ।’ नैतिकताले पनि आफ्नो जिद्दि छोडेन । नैतिकताको जिद्दीले मन्त्रीको रिसको पारो नब्बे डिग्रीमा पुग्यो । मन्त्रीले कड्किँदै भने- ‘ओ मिष्टर नैतिकता !

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

मन्त्री निवासको शयन कक्षमा मन्त्रीज्यू मस्त निन्द्रामा थिए । कसैले ढाका ढक्ढक्यायो । आवाज सुनेर मन्त्री झल्याँस्स भए । शयनबाट उठेर पर्दा खोले । बाहिर छङ्ग उज्यालो भइसकेको रहेछ । मन्त्रीजीले आफ्नो शयन कक्षको ढोका खोले । ढोकामा एउटा अमूर्त आकृति उभिएको थियो ।

‘को हो ?’ मन्त्रीले सोधे ।
‘म नैतिकता हुँ ।’ आकृतिले भन्यो ।
‘ठेगाना कहाँ हो ?’ मन्त्रीको प्रश्न थपियो ।
‘मरो ठेगाना छैन । मलाई यो देशबाट ठेगानाविहीन बनाउन खोजिरहेका छन् । तर म आफ्नो अस्तित्वको लागि संघर्ष गरिरहन्छु ।’ आकृतिले भन्यो ।

अमूर्त आकृतिको कुराले मन्त्रीलाई झिँजो लाग्यो । मन्त्रीले झोक निकाल्दै भने- ‘ओ बेठेगानको आकृति ! एकाबिहानै तिमी किन मेरो निन्द्रा भङ्ग गर्न आयौ ?’
‘म तिमीलाई नैतिकता सिकाउन आएको ।’ आकृतिले भन्यो ।
मन्त्रीजी गलल्ल हाँसे ।
मन्त्री हाँसेको देखेर नैतिले प्रश्न गर्यो- ‘तिमी किन हाँस्छौ हँ ? कुन नैतिकताले हाँसिरहेका छौ ?’
प्रश्न सुनेर मन्त्रीजी अझ जोडले हाँसे । कुनै धार्मिक सिरियलको राक्षस हाँसे झैँ ।

अनैतिक मन्त्री हाँसेको नैतिकतालाई चित्त बुझेन । हाँसोप्रति असहमति राख्दै नैतिकताले फेरि भन्यो- ‘चुप लाग मन्त्री । तिमीले हाँस्ने नैतिकता गुमाइसक्यौ । अब तमीसँग हाँस्ने नैतिकता छैन ।’
‘नैतिकता छ, हाँस्न पाउने मेरो संवैधानिक अधिकार हो । बरु नैतिकहीन त तिमी रहेछौ । एकाबिहानै मन्त्रीको निन्द्रा भङ्ग गर्ने, अनि मन्त्रीलाई नै नैतिकता सिकाउने ?’ मन्त्रीले नैतिकतामाथि नै प्रश्न गरे ।
‘नैतिकता भनेकै मन्त्रीलाई सिकाउने हो ।’ नैतिकता पनि मन्त्रीमाथि औँला ठड्याउँदै अलि कडै रुपमा प्रस्तुत भयो ।

नैतिकताले औँला ठड्याएको देखेर मन्त्रीको रिसको पारो तात्यो । मन्त्रीले भने- ‘मन्त्रीलाई नैतिकता सिकाउन आँट गर्ने नैतिकता महोदय ! तिमी होसमा त छौ ? तिमी मलाई नैतिकता नसिकाऊ । कुन चाहिँ मन्त्रीले नैतिकता मानेको छ ?’ मन्त्री ठूलोठूलो स्वरमा जङ्गिए ।
‘सिंहदरबार जल्दा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजिनामा दिएको र रङ्गशाला घटनामा तत्कालीन खेलकुद मन्त्री केशरबहादुर विष्टले राजिनामा दिएको बिस्र्यौ र ?’ नैतिकताले मन्त्रीसामु केही उदाहरण पेश गर्यो ।

‘ती त पञ्चायती मन्त्री भए । म त गणतन्त्रे मन्त्री पो त । म पञ्चायतका मन्त्रीको अनुशरण किन गरुँ ? थोडै मलाई भुस्याहा कुकुरले टोकेको छ र ?’ मन्त्री नैतिकतामाथि नै खनिए ।

‘गणतन्त्रमा त झनै नैतिकता हुनुपर्छ नि ।’ नैतिकताले पनि आफ्नो जिद्दी छोडेन ।
नैतिकताको जिद्दीले मन्त्रीको रिसको पारो नब्बे डिग्रीमा पुग्यो । मन्त्रीले कड्किँदै भने- ‘ओ मिष्टर नैतिकता ! गणतन्त्रका मन्त्रीलाई नैतिकता सिकाउने ? यु गेट आउट ।’

मन्त्रीले नैतिकताको घाँटीमा ङ्याक्दै नैतिकतालाई गेटबाट बाहिर निकाले ।
नैतिकता लुरुलुरु आफ्नो बाटो लाग्यो । मन्त्री आफ्नो शयन कक्षमा फर्के । आफ्नो कोठाको ढोका बन्द गरे । पर्दा लगाए । सिरकले मुख छोपेर पुनः सुते । एकैछिनमा घुर्न लागे ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x