साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इस् कुटर

नातागोता, छिमेकी, कार्यालयका दुवै खाले साथीभाइहरू स्कुटरको सहयोग माग्छन्, चढ्छन् । गन्तव्यमा पुग्छन् । मेरो स्कुटर त आफ्नी बूढीले भन्दा बढी अर्काकी बूढीले चढेर खत्तमखलास पारिसके ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

त्यस्तै १२/१३ वर्षको उमेरमा काहिलो मामाको स्कुटर सिफल चौरमा पहिलोपटक चलाउने मौका पाएँ । साइकल जान्नेलाई त स्कुटर केही होइन र छ भन्ने ज्ञान पनि त्यही दिन पाएँ । एकपटक साथी महेश्वरले मलाई मोटरसाइकल चलाउँछस् भनेर सोधे, चलाउँछु भनेपछि चढ्न दिए र मज्जाले चढें । तर उनले अगाडि बढाउन सिकाए घटाउन सिकाएनन । सिफल चौरबाट जयवागेश्वरी जाने मुखैमा उताबाट आएको कारसँग ठोक्किन खोजेपछि मैले झ्याप्प ब्रेक हानें र कारको अगाडि नै लड्न पुगें । धन्य कारवालाले ब्रेक लगाएर मलाई बचाए ।

२०४९ सालमा हाम्रो बिहे भयो । बिहेपश्चात् ससुरालीमा जाँदा बसमा कोच्चिएर ऐया आत्थु गरेर सकसले पुगिन्थ्यो । अहिलेको जस्तो त्यो बेला बसको राम्रो सुविधा थिएन । २०५० सालमा सालीको बिहे भयो । त्यसपछि सालीका बूढा अर्थात मेरो साढुभाइसँग उनैको मोटरसाइकलमा बसेर ससुराली जान थालें । त्यही क्रममा एक पटक साढुभाइको मोटरसाइकल मैले चलाइन भनेर कम्ता रिसाएका होइनन् । मैले पनि उनको सेखी झार्न एअरपोर्टबाट बनेपासम्म चलाएर देखाइदिएँ ।

हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेले भेटेपिच्छे मोटरसाइकल किनेर चढेन भनेर कम्ता मुख छोडेको हो र ! त्यो कुरा यो छातीमा अझै छँदैछ । आफूसँग साधन नहुँदा चट्याङ मास्टर र लक्ष्मण गाम्नागेको मोटरसाइकलका पछाडि धेरै चढें । ’स्कुटर किन्न जम्मा डेढ लाख मात्र । तिमीले एक लाख हाल, म बाँकी पचास हजार राखौँला’ भनेर एक साँझ गृह मन्त्राणीलाई फकाएँ । तिम्रो र मेरो बीचमा नमिलेको पचास हजार किस्ताबन्दीमा म विस्तारै तिरौंला है भनेर मनाएँ, उनी पनि सहमतिमा आइन् । गाम्नागेले पटकपटक मुख छोडेको रिसले २०६८/०६/०२ गतेका दिन मैले स्कुटर किनिछाडें । त्यसदिन दशैँको फूलपाती परेको थियो । अरूले फूलपाती भित्र्याए मैले स्कुटर । मोटरसाइकल जान्नेलाई साथी लिएर जाऊँ न भन्दा कोही के कोही के परेर आएनन् । मेरो पालो दोकानबाट स्कुटर निकालेर चलाउँदै घर लिएर गएँ । बच्चामा बूढो साइकल र स्कुटर चलाएको सीप आज काम लाग्यो ।

मोटरसाइकल डेढ लाख तिरेर घर ल्याइपुयाएँ । जब रात पर्दै गयो । डेढ लाख त बाहिर छ, केही हुन्छ कि भनेर मेरो मन उतै दौडिरह्यो । हुने मात्र भए स्कुटरलाई आफैँ सुत्ने ओछ्यानमा लगेर सुताऊँ र च्यापेर निदाउँ जस्तो हुन्थ्यो । धेरै दिनसम्म रातमा धेरैचोटि बिउँझिँदै स्कुटर हेर्थें, अनि सुत्थेँ । यसै क्रममा एकदिन बिहानीपख घर बाहिर केही घर्‍याकघुरुक गरेको आवाज आयो । म के भएछ भनेर बाहिर निस्किएँ । यसो हेर्दा त चोरले स्कुटर घिच्याउँदै रहेछ । त्यो देखेर म चोर चोर भनेर जोड जोडले कराएँ । ‘के भयो बूढा ?’ भनेर बूढीले अँठ्याएर सोधेपछि पो म त झसङ्ग भएँ। म त सपनामा पो रहेछु । त्यस्तो प्यारो भयो स्कुटर ।

स्कुटर किने लगत्तै आएको दशैँको निम्तोमा मामा ससुराली गएँ । मामाका छोराहरूले भिनाजुले भर्खर भर्खर मोटरसाइकल किन्तु भा’छ, अप्ठ्यारो होला बेलैमा खाएर जानुस् भनेर बस्न पनि दिएनन् । यसो र उसो भनेर रामायण पढाउन थाले । उनीहरूकी दिदीलाई पनि बाटोमा लडाउला र दुर्घटनामा पार्ला भनेर होला मसँग पठाएनन् । उनीहरूले जे भने पनि टाउको हल्लाएर हो हो भनें । अनि त्यहाँबाट आफ्नो बाटो लागें । मैं जस्ता अरू ज्वाईंहरू खाँदै, भुँडी फुलाएर गफ दिंदै बसिरहे । म भेटरान साइकलबाज हुँ ! स्कुटर चलाउनु मेरा लागि देब्रे हातको खेला हो भन्ने कुरा तिनीहरूलाई के थाहा ।

कतै बाहिर गएको बेलामा बाटोमा मान्छे आएको देख्यो कि पछाडि बसेकी बूढी भन्न थालिहाल्छिन्- मान्छे आयो ! मान्छे आयो ! हरन बजाऊ, हरन बजाऊ ! मैले भनें- ड्राइभर तिमी कि म ! उनले भनिन्- अहिलेको ड्राइभर तपाईं, तपाईंको जिन्दगीको ड्राइभर मै त हो नि । केही भैहाल्यो भने मामाघरसम्म तातो तातो भात कसले पुर्‍याउन जान्छ नि ! मैले बोल्ने ठाउँ नै पाइनँ, चुपचाप बसिरहें ।

मैले बूढीलाई स्कुटर सिक, सजिलो हुन्छ भनेर धेरै पटक भनिसकें ज्यान जाला सिकेको होइन । उनी भन्छिन्- बनेपामा मोटर कारखाना बनेपछि कार चढ्ने नि, कहाँ मोटरसाइकल चढ्नु ! यो भन्नुको मतलब आँट नभएर हजार बहाना बनाएकी होलिन् । त्यही गुण उनकी छोरीहरूमा पनि परेको छ । स्कुटर सिक भनेर बिहानपख छोरीहरूलाई सिकाउँछु, बेलुका एक सय दुईको ज्वरो निकाल्छन् । यसलाई के भा’ भन्नु खोई ! मैले त बुझ्नै सकिनँ ।

आफैँले पैसा हालेर किनेको स्कुटरमा अप्ठ्यारो नपरी, नचढी नहुने बेलामा बाहेक मेरी घरकीले चढ्दै चढिनन् । नातागोता, छिमेकी, कार्यालयका दुवै खाले साथीभाइहरू स्कुटरको सहयोग माग्छन्, चढ्छन् । गन्तव्यमा पुग्छन् । मेरो स्कुटर त आफ्नी बूढीले भन्दा बढी अर्काकी बूढीले चढेर खत्तमखलास पारिसके ।

०००

२०७०/०४/२६
‘झ्याइँकुटी झ्याइँ झ्याइँ’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x