साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झ्याइँकुटीका तीन झ्याइँ 

तपाईंको धारावाहिक गुदीको अगाडि मेरो पेटले सहन सकेन, ढोकामै भ्याइदिएँ । अरू केही होइन, त्यसैको परिणाम हो !

Nepal Telecom ad

१. भन्नु न भन्नू
एकदिन कार्यालयमा जताततै फोहोर देखेर हाकिमसाब स्वीपरसँग कराइरहेका थिए । त्यही बेला मैले बीचमा सही थाप्दै भने- यी साथी त साह्रै सोझो छन् सर ! त्यही भएर यिनले जे पनि सोझो मात्रै देख्छन्, दायाँबायाँ कुनाकाप्चामा भएको फोहार पनि कहिल्यै देख्दैनन् सर । त्यति मात्र कहाँ हो र ! आफ्नै जीउको फोहोर त देख्दैनन् र उनकी बूढीले सम्झाउनु पर्छ । यो त झन् कार्यालयको फोहोर न पर्यो, कसरी पो देख्छन् त सर ! मेरो कुरा सुनेर सबैजना हाँस्न थाले । उनी पनि झन् मज्जाले हाँसे र उत्साहित हुँदै भन्न थाले- अरू पनि छन् भने भन्नू न भन्नु । आफ्नो कुरा सुनेर आफैलाई कस्तो आनन्द आयो सर !

२. धारावाहिक गुदी
पानीको फोहरामा घण्टौं घण्टौ नुहाउँदै हास्यव्यङ्ग्यकार कृष्ण कन्हैया बाथरूममा आनन्द लिएर बस्दा रहेछन् । अनि धारावाहिक रूपमा रचनाको गुदी फुर्दोरैछ । त्यसैको धुनमा मस्त भएर निस्केका मात्रै के थिए उनी ढोकामा नराम्रोसँग पछारिए । दुखेको तोडमा अइया अइया भन्दै उठे । लडेको आवाज सुनेर बूढी माथिबाट तल आइन् । कृष्ण कन्हैयाले बूढीलाई देख्ने बित्तिकै रिसाउँदै चिच्याउँछन्- के गर्‍या तिमीले यस्तो ? बूढीले हाँस्दै भनिन्- के गर्नु त श्रीमानज्यू ! तपाईंको धारावाहिक गुदीको अगाडि मेरो पेटले सहन सकेन, ढोकामै भ्याइदिएँ । अरू केही होइन, त्यसैको परिणाम हो ! कृष्ण कन्हैया भुतभुताउँदै फेरि बाथरूमरूमतिर छिरे ।

३. प्रकाश थापाको मन्तव्य
कृषि बिकास बैकको सभा हलमा २०५३ भाद्र १९ गते भुँडीपुराण प्रकाशनको आयोजनामा हास्य कलाकार गोपालराज मैनालीद्वारा लिखित, माणिकरत्न शाक्यद्वारा संकलित सम्पादित कृतिको नाम हो- खुसुक्क भन्नुस् फच्च्या । मैले मैनालीजीलाई सिन्दुर चलचित्रको लागि तपाईंको रोल अनुसारको हास्य पटकथा लेखेर ल्याउनुस् भनेको थिएँ, ल्याउन सक्नु भएन । अहिले त हास्यव्यङ्ग्यको किताबै पो निस्क्यो भन्दा त म तीन छक परें । त्यस्ता पनि हास्यव्यङ्ग्यकार रे ! भनेर चलचित्र निर्देशक प्रकाश थापाले मन्तव्यको कममा बोल्दा दर्शकहरू मुर्छा पर्ने गरि हाँसेका थिएँ । मैनालीले चाहिँ हाँसेरै टारे ।

०००
सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x