सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आज वार्ता नराखौं

दिगमिग पलको राजधानी कुहेको अलमल सबको पार्छ नाता उसैको धुमिल छ सपना चोर्न जानेछ लाखौं छलफल सकियो भङ्ग वार्ता नराखौं ।

Nepal Telecom ad

बिषय गहन यो हुन्छ हाम्रो छ चासो
रहनसहनले हट्न जाला गुनासो
हलबल नमिले पर्छ वाधा र लाखौं
छलफल सकियो आज वार्ता नराखौं ।१

फसल सकल खै खेतबारी छ बाँझो
सकस मनन खै बाँच्न हाल्दैछ भाँजो
समय समयको यत्न चाला कताको
छलफल सकियो आज वार्ता नराखौं ।२

भ्रमर डुलिरहे फूल खोज्दै छ धामा
सकल डुलिसके मिल्न सक्दैन आमा
अभर परिसके थाक्न जान्दैन चोखो
छलफल सकियो आज विश्राम राखौं ।३

रजगज कसले गर्छ हालीमुहाली
सकसक मनले ताक्छ कस्को दलाली
दिगमिग तनले कोर्छ आलोक लाखौं
छलफल सकियो आज वास्ता नराखौं ।४

फुरफुर नहुने को छ सत्ता गुलामी
ढलपल छलमा हुन्छ टाढा मलामी
पिलपिल जलझैं खस्छ थोपा छ चाखौं
छलफल सकियो आज वार्ता नराखौं ।५

दिगमिग पलको राजधानी कुहेको
अलमल सबको पार्छ नाता उसैको
धुमिल छ सपना चोर्न जानेछ लाखौं
छलफल सकियो भङ्ग वार्ता नराखौं । ६

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
छाक टारौँ कसोरी

छाक टारौँ कसोरी

टङ्कराज ढकाल ‘तितेपाती’
खेदौँ फटाहा

खेदौँ फटाहा

टङ्कराज ढकाल ‘तितेपाती’
नशा 

नशा 

टङ्कराज ढकाल ‘तितेपाती’
बिर्सिन् क्या यी शालिनीले मलाई

बिर्सिन् क्या यी शालिनीले...

टङ्कराज ढकाल ‘तितेपाती’
उधारो नतिर्ने पारा छ के हो ?

उधारो नतिर्ने पारा छ...

टङ्कराज ढकाल ‘तितेपाती’
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली