साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज वार्ता नराखौं

दिगमिग पलको राजधानी कुहेको अलमल सबको पार्छ नाता उसैको धुमिल छ सपना चोर्न जानेछ लाखौं छलफल सकियो भङ्ग वार्ता नराखौं ।

Nepal Telecom ad

बिषय गहन यो हुन्छ हाम्रो छ चासो
रहनसहनले हट्न जाला गुनासो
हलबल नमिले पर्छ वाधा र लाखौं
छलफल सकियो आज वार्ता नराखौं ।१

फसल सकल खै खेतबारी छ बाँझो
सकस मनन खै बाँच्न हाल्दैछ भाँजो
समय समयको यत्न चाला कताको
छलफल सकियो आज वार्ता नराखौं ।२

भ्रमर डुलिरहे फूल खोज्दै छ धामा
सकल डुलिसके मिल्न सक्दैन आमा
अभर परिसके थाक्न जान्दैन चोखो
छलफल सकियो आज विश्राम राखौं ।३

रजगज कसले गर्छ हालीमुहाली
सकसक मनले ताक्छ कस्को दलाली
दिगमिग तनले कोर्छ आलोक लाखौं
छलफल सकियो आज वास्ता नराखौं ।४

फुरफुर नहुने को छ सत्ता गुलामी
ढलपल छलमा हुन्छ टाढा मलामी
पिलपिल जलझैं खस्छ थोपा छ चाखौं
छलफल सकियो आज वार्ता नराखौं ।५

दिगमिग पलको राजधानी कुहेको
अलमल सबको पार्छ नाता उसैको
धुमिल छ सपना चोर्न जानेछ लाखौं
छलफल सकियो भङ्ग वार्ता नराखौं । ६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x