सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फागुन एक !

को हुन् कौरव ? को हुन् पाण्डव ? चिन्न भयो मुस्किल ! लाग्छ समयको मनमा छ सुनामी लहर !!

Nepal Telecom ad

कसैलाई यही अमृत, कसैलाई जहर !
कसैलाई काउसो भयो, कसैलाई रहर !!

विभाजित समाजमा आफ्नो आफ्नो डम्फु !
सापेक्ष हो सबै कुरा मेरो यही ठहर !!

अन्याय त अहिले पनि भित्र भित्र बढी !
हेपिइने अनन्तको मनमा पीर कहर !!

विभेदको ठूलो खाडल पुर्ने योजना हो !!
तर सबै खरानी भो, बग्यो रक्त नहर !!

औंसी हो कि पूर्ण जून ? जान्दिन म केही !
गुलाम मिस्सी बास्सा एक्का को को बने दहर ??

आजाद भयो मेरो गजल शहीद शब्दहरू !!
रदिफले गर्यो क्रान्ति ठहरै भो बहर !!

को हुन् कौरव ? को हुन् पाण्डव ? चिन्न भयो मुस्किल !
लाग्छ समयको मनमा छ सुनामी लहर !!

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'