साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सम्मान अर्पण गर्दै भेसजको ५७ औँ शृङ्खला सम्पन्न

भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षता, गजल शिरोमणि, बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ को प्रमुख आतिथ्यमा सञ्चालन ।

Nepal Telecom ad

स्याङजा । भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत मिति २०७९ माघ २१ गते वालिङ-११, पेखुमा स्रष्टा भेषजराज शर्माकै घर भेषजबिन्दु साहित्यिक पुरस्कार, भेषजराज साहित्य सम्मान र नियमित रचना वाचनको ५७ औँ शृङ्खला सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ ।

भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षता, गजल शिरोमणि, बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ को प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीय मन्तव्य राख्दै भेषजराज साहित्य प्रतिष्ठानले भेषजराज शर्माका साहित्यिक योगदानलाई बाहिर ल्यान अत्यन्त महत्वपूणर् भूमिका निर्वाह गरेको छ बताउनु भयो । प्रतिष्ठानले २०७४ सालदेखि प्रतिवर्ष दुई जना स्रष्टालाई सम्मान गर्दै आएकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानले स्थापना गरेका पुरस्कार र सम्मान अन्य ठूला राशिका पुरस्कार भन्दा महङ्खवपूणर् रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका सल्लाहकार डा. अच्युतशरण अर्याल, संस्थापक सल्लाहकार महाकाव्यकार माधव वियोगी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह र अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक साहित्य समाजका अध्यक्ष हरि भट्टराई, वालिङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दण्डपाणि पंगेनी, वडा नं. ११ कै वडा सदस्य आनन्दकुमार खाँण, वडा नं. ८ का वडा सदस्य चोलाकान्त अर्याल, गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्त अर्याल, प्रतिष्ठानका आजीवन सदस्यहरू कवि कमल बगाले, शान्ता थापा, कवयित्री दमकुमारी बगाले, प्रतिष्ठानका कोषाध्यक्ष कवि शम्भु अर्याल, कवि हरि ढुङ्गाना, समाजसेवीहरू ढालबहादुर खाँण, झपटबहादुर थापा, हिरा थापा, बलराम उपाध्याय, अन्नु खाँण, रामचन्द्र अर्याल, महेश्वर अर्याल, पार्वती अर्याल, शिक्षिका सुभद्रा रेग्मी लगायत १५५ भन्दा बढी महिला तथा पुरुषहरूको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीलाई भेषजबिन्दु साहित्यिक पुरस्कारद्वारा सम्मान व्यक्त गरियो भने जगत्रदेवी साहित्य सङ्गमका उपाध्यक्ष नारायणप्रसाद ज्ञवाली तीर्थाटन गएकाले उहाँ अनुपस्थित भएका कारण उहाँलाई अर्को कार्यक्रममा सम्मान गरिने भएको छ ।

प्रतिभा छनोट समितिका सदस्य साहित्यकार चिन्तु गिरीले पुरस्कृत व्यक्तित्व विश्वप्रेम अधिकारीको परिचय गराउनुभयो भने ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले योग्य पात्रलाई सम्मान भएको सन्दर्भ उल्लेख गर्दै पुरस्कृत व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवी यमलाल पंगेनीलगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा २० जना स्रष्टाहरूले आफ्ना रचना प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा भेषजराज चोक लेखिएको बोर्ड र ऐतिहासिक गह्रौँकोट दरबार लेखिएको बोर्ड पनि टाँसिएको छ ।
कार्यक्रममा भेषजराज शर्माकी भाउजै लिलावती अर्याल र राधा न्यौपानेको पनि उपस्थिति रह्यो भने भेषजराज शर्माकी भतिजी मिठु रेग्मी अर्यालले कार्यक्रममा उपस्थित सम्पूणर् व्यक्तित्वहरू र आयोजकलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले सञ्चालन गरेको उक्त कार्यक्रममा लखनेदेखि कागती भञ्ज्याङ हुँदै देउराली कोखे जाने सडकको नामकरण भेषजराज मार्ग राख्नका लागि स्थानीय तहमा स्थानीय जनताको हस्ताक्षरसहितको निवेदन पेस गर्ने निणर्य पनि गरिएको छ । यो कार्यक्रममा वालिङ नगरपालिकाको विशेष सहयोग रहेको छ ।

साहित्यकार, स्थानीय बुद्धिजीवीहरू, जनप्रतिनिधिहरू र स्थानीयवासीहरूको बाक्लो उपस्थितिमा कार्यक्रम अत्यन्तै भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानबाट आजसम्म भेषजराज साहित्य सम्मानद्वारा महेश्वर शर्मा, देवीप्रसाद वनवासी, पिताम्बर नेपाली, चिन्तु गिरी, सूर्यप्रसाद डुम्रे, ज्ञानेश्वर रेग्मी र नारायणप्रसाद ज्ञवाली सम्मानित हुनुभएको छ । स्रष्टाहरू केदार शर्मा ढकाल, देवेन्द्र लम्साल, मित्रलाल पंज्ञानी, पशुपतिनाथ तिमल्सेना, गङ्गा पौडेल कर्माचार्य र विश्वप्रेम अधिकारी पुरस्कृत हुनुभएको छ ।

०००
– श्याम ढुङ्गाना

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x