साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोटो खिचाउने तालिम

छ्या ! फोटा नखिची मान्दैनौ खिच जे जेका खिच्ने हो खिच पोज दिन त सिक ! खुसीमा मुस्कुराउन सिक लुकेर आँखामा थुक लाएर भए पनि दुःखमा यसो रुन त सिक !

Nepal Telecom ad

रामदेव पाण्डे :

मान्छे हिजोआज
रुने ठाउँमा हाँस्ने र
हाँस्ने ठाउँमा रुने गरेको पाइएको छ
लाग्छ मान्छेलाई अब
फोटो खिचाउने तालिम चाहिएको छ
न ठाउँ मिलाउँछन् न त समय जुराउँछन्
बरु जन्ती र भोजमा फोटो खिच्न बिर्सेलान
खिचे पनि बरु मरेको मुख लाउँछन्
सिकिस्त बिरामी भेट्न जाँदा र
शवमाथि फूल चढाउँदा
मरिगए बिर्संदैनन् फोटो हान्न
जे गर्दा पनि प्रचारकै ध्याउन्न
साह्रै खुसी लागे जस्तो र
कसैले नगरेको महान काम गरे जस्तो
चट्ट पोज दिन्छन् र
किच्च दाँत देखाएर
मुसुक्क मुस्कुराउँछन्
मानौँ बडो आनन्द आइरहेको छ
मानौँ चितामाथिको शव पनि
तिनीसँगै मुस्कुराइरहेको छ
सके प्रत्यक्ष प्रसारण गर्लान् आफ्नो पोज
नत्र पोस्ट्यायाउन त बिर्संदैनन्
देख्नेले के भन्ला
यत्ति पनि सोच्न सक्दैनन्
आँखा पाकेर हेर्नै नहुने
घिनलाग्दो ब्यालब्याल्ती भएको छ
आँखा च्याती च्याती फोटो खिचेको छ
फेसबुकको वालमा पोस्ट्याएको छ
पिप बगेको घाउ होस् कि
टिलटिल्ती सुन्निएको पिलो होस्
बस्, फोटो पोस्ट गर्न ढिलो नहोस्!
छ्या, कस्तो घिन पनि लागेको
छोरीसित ज्वाइँ कराएको छ फोटो
बुढीसित म्वाइ खाएको छ फोटो
छ्या कति हुन् फोटा!
सु गर्दाका फोटा
ऊ गर्दाका फोटा
जन्मँदाका फोटा
मर्दाका फोटा
कसैका देख्नै लाज लाग्ने
कपडा छोटा छोटा
तिनका झन् थरी थरी फोटा
ठुला फोटा साना फोटा
घोप्टे फोटा उत्ताना फोटा
छ्या !
फोटा नखिची मान्दैनौ खिच
जे जेका खिच्ने हो खिच
पोज दिन त सिक !
खुसीमा मुस्कुराउन सिक
लुकेर आँखामा थुक लाएर भए पनि
दुःखमा यसो रुन त सिक !

०००
२०८०/०६/०८
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x