साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहिले पढ बाबु पढ

“घर फर्किएर आएपछि उसले परमादेश पालना गर्‍यो । र, आज, सरलराज दुलाल सामाजिक सन्जालमा आफैं साहित्यिक सिनेमाको निर्माता, निर्देशक र नायक भएको छ ।

Nepal Telecom ad

धनराज गिरी :

एक्लै बसेर आफ्नो बाटिकाको कोपिला, फूल र डाली अवलोकन गरिरहेछ, माली सरलराज दुलाल । अतीत उसको सामुन्नेमा आयो । अहिलेलाई समीक्षा गर्‍यो । सामाजिक सञ्जाल र बाल्यकालदेखिको आफ्नो तिर्सनाले साकार रूप लिएको कुरा अनुभूत गरेर मुसुक्क मुस्कुरायो ।

“साथीको चौध अक्षरको कमाल !” लगभग पाँच वसन्त पहिले आफ्नो साथी, दाजी पनि, “प्रोफेसर जगमोहन आजादको गजलले तानेर रहर बाहिरियो । ख्यालख्यालमा अहिले माली !”

“सिक्किममा यहाँलाई स्वागत छ”, निम्तो आयो, एक साहित्यिक मोहतरमाको, पातली नानीलाई मुक्तकले छोएछ । “तपाई सक्नुहुन्छ !” आजादले जाम्बवानको काम गरे, उनी बने बजरङ्गबली ! “जय श्रीराम !!” उचाले पुच्छर । फेरि सम्झिए । खगेन्द्र गिरि कोपिला, नेपालगन्ज र एक डाक्टर दाजी, डियर कमरेड, मोदीजङ्ग डिसुजा, पीटर साथी । तर पन्चायतले बढी पिट्यो, भागे धम्बोजी ! सनत रेग्मी दोस्त ।

दश कक्षामा थियो सरलराज, राता फूलहरूसित परिचय भयो, मोदी दाजी मार्फत । “मैले पनि लेख्न हुन्छ कि ?” किशोर जोश । लेख्यो, जानेको कुरा । गुरु उही मोदी दाजी । नरहरूमा “इन्द्र” र “जङ्ग” पनि लडेको, “अत” पहेँलो फूलको आँखामा । पारखी मोदीले बबुवा, बालकको रचना हेरे, कापी फाले एउटा थोत्रो डिब्बामा, र बोले, अलि रुखो स्वरमा, “बालक, यी डल्लाहरू कोटी कोटी बने पनि कुनै अर्थ छैन । बेला भएको छैन । समयमा लाग्छ “कोपिला”, भोलि हेड सर हुनू, क्याम्पसप्रमुख हुनू, बुद्ध तिम्रो, शान्ति तिम्रो, तिम्रो सिर्जनाको “गिरिमा” राज गर्न, एक विलोम नामधारी योगी आउने छ, गजल गाउने छ ।

तिमी पार्थ, ऊ देवकीनन्दन हुनेछ । अनि तिमी पनि एम सी बराबर एम आरको अवस्थामा पुगी विराटनगरसम्म होइन अझ असाम पुगेर कविता भन्ने योग छ । बबुवा लुरे, पढ, अहिले मज्जासित पढ ! धरतीमा मूल फुट्न पहिले घनघोर वर्षा हुनुपर्छ । अहिले सुत्केरी हुन उमेर पुगेको छैन बाबै ! “घर फर्किएर आएपछि उसले परमादेश पालना गर्‍यो । र, आज, सरलराज दुलाल सामाजिक सन्जालमा आफैं साहित्यिक सिनेमाको निर्माता, निर्देशक र नायक भएको छ । आजादले खुशी भएर भन्यो,

“मोग्याम्बो खुश हुवा !” गुरुको साथ चाहिन्छ, म पुग्नेछु गन्तव्यमा ! उसले पनि खुशी प्रकट गर्‍यो ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
टेढो बोलीको रोचक कृति ‘टोलटोलमा राजा’

टेढो बोलीको रोचक कृति...

प्रा. कपिल अज्ञात
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x