साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेष्ठ नागरिक गीत

मन त अझै तरूनो छ गरूँ अझै के के भन्छ जीउले यता धोका दिन्छ मन त्यसै मरि दिन्छ नगरेर पनि भकै छैन गर्नलाई मन गकै छैन ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

जोवन गयो बैँस गयो
अहिले मलाई के के भयो
उमेर गयो बैँस गयो
रङ्ग उडी कता गयो

जिउ पनि चाउरी सके
टाउको सबै खुइली सके
एउटा भन्दा अर्को सुन्छु
के के सुनी आफै रून्छु
मासु खान दाँत छैन
राम्रो हेर्न आँखा छैन
बोली पनि कता सरे
जीउँदै आफै यसै मरे

मन त अझै तरूनो छ
गरूँ अझै के के भन्छ
जीउले यता धोका दिन्छ
मन त्यसै मरि दिन्छ
नगरेर पनि भकै छैन
गर्नलाई मन गकै छैन

यतै दुख्छ उतै दुख्छ
बुढेसकालमा के के हुन्छ
डाक्टर कहाँ कति जानू
औषधी पनि कति खानु
घरकी भन्दा साह्रै जाती
औषधी मेरो प्यारो साथी ।

०००
चाबहिल, सरस्वतिनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x