माणिकरत्न शाक्यदुई फित्का
बस रोकिएको के थियो “कोरोना कोरोना” भन्दै सबै यात्रु बसबाट ओर्लेर टाप ठोके । त्यसपछि घाटा लाग्ने भो भन्दै ड्राइभर र खलासीले हाच्छ्युँ गर्ने यात्रीलाई समाते ।

१.सय रूपैयाँ
पोखरा जाने बसमा मलाई लगेर राखे । पैसा मागे, दिएँ । बस नागढुङ्गाबाट ओरालो लाग्दै गर्दा बस कन्डक्टरले भाडा माग्न आयो । मैले भने- जसले मलाई बसमा ल्याएर राख्यो, उसैले भाडा लिएर गयो त ! कन्डक्टरले हाँस्दै भन्यो- “सर ! यहाँ त यस्ता टापटिपेहरू कति छन् कति ! तपाईं आज तिनैको फन्दामा पर्नुभएछ । भाडा चाहिँ पाउँ है !”
मैले कन्डक्टरलाई भने- म बसको कर्मचारी हुँ भनेपछि पैसा नदिने त ! तपाईं जेसुकै भन्नोस् सर ! “भाडा चाहिँ दिनुपर्छ” भनेर उसले अड्डी कस्न थाल्यो । लौ त भनेर दिएँ । त्यो दिन दोहोरो भाडा तिरेरै आँबुखैरेनीको बसयात्रा गरियो । यसरी मलाई नमज्जासँग फँसाए । मलाई एकैपटक यात्रामा दुईपटक भाडा तिराउने त सय रूपैयाँमा बिक्ने दलाल पो रहेछ ।
२. हाच्छ्युँ
सार्वजनिक बसमा यात्रुहरू भरिभराउ थिए । बस आफ्नो गन्तव्यतिर कुदिरहेकै थियो । त्यहीबेला बसभित्रका एकजना यात्रीले अकस्मात् हाच्छ्युँ गरे । यात्रुहरूले कराउँदै बस रोक्न भने ।
बस रोकिएको के थियो “कोरोना कोरोना” भन्दै सबै यात्रु बसबाट ओर्लेर टाप ठोके । त्यसपछि घाटा लाग्ने भो भन्दै ड्राइभर र खलासीले हाच्छ्युँ गर्ने यात्रीलाई समाते ।
“भागेका यात्रुको पैसा तिर ! नत्र बाउको बिहे देख्लास् ।” तिनीहरू हर्जना असुल्न खोजिरहेका थिए । “किन हाच्छ्युँ गरिस् त ! तैंले पैसा नतिरेर सुख्ख ! हाच्छ्युँ गर्ने यात्री भन्छ- “हे सिटामोल !”
०००
सरस्वतीनगर, चाबहिल
Subscribe
Login
0 Comments
Oldest





































