साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शंकर लामिछाने प्रतिष्ठानबाट डा. पोखरेल र विवश पुरस्कृत

दुबै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं चलचित्रकर्मी यादव खरेलले सम्मानपत्र, दोसल्ला, दुबोको माला, रुद्राक्षको माला, मेडलसहित सम्मानपत्र प्रदान गर्नु भएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ चैत ५ । नेपाली साहित्यका विशिष्ट निबन्धकार शंकर लामिछानेको ९६ औं जन्मजयन्ती आज उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि, योगदानको स्मरण र उहाँको नाममा स्थापित पुरस्कार वितरण गरी मनाइयो । शंकर लामिछाने प्रतिष्ठानको आयोजना र प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले शंकर लामिछाने नेपाली साहित्यका अद्वितीय निबन्धकार भएको बताउनुभयो ।

शंकर लामिछाने प्रतिष्ठानबाट समारोहमा वरिष्ठ निबन्धकार प्रा.डा. माधवप्रसाद पोखरेल र निबन्धकार ज्ञानेन्द्र विवशलाई क्रमशः नगद ५० हजार र २५ हजार राशिसहित सम्मानित गरिएको छ ।

उहाँहरू दुबै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं चलचित्रकर्मी यादव खरेलले सम्मानपत्र, दोसल्ला, दुबोको माला, रुद्राक्षको माला, मेडलसहित सम्मानपत्र प्रदान गर्नु भएको हो ।

सो अवसरमा प्रमुख अतिथि यादव खरेलले अरू साहित्यकारको भन्दा बेग्लै विषयवस्तु र शैलीका कारण शंकर लामिछाने विशिष्ट स्रष्टा हुनुभएको बताउनु भयो ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो समारोहमा वरिष्ठ निबन्धकार पोखरेललाई “शंकर लामिछाने निबन्ध पुरस्कार – २०७९” र निबन्धकार विवशलाई “शंकर लामिछाने युवा निबन्ध पुरस्कार – २०७९” प्रदान गरिएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बिओटीका अध्यक्ष पदम विश्वकर्मालाई बिओटीको अध्यक्ष भएकोमा बधाई ज्ञापन तथा मेडलसहित सम्मान गरिएको थियो भने प्रमुख अतिथिलाई मेडलसहित मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधानले नेपाली निबन्ध विधामा शंकर लामिछानेले बनाएको स्तरीयताको सीमालाई भत्काएर नेपाली निबन्ध अघि बढ्नु नै लामिछानेप्रति सही श्रद्धाञ्जलि हुने बताउँदै पुरस्कृत स्रष्टाका योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व प्रा.डा. माधवप्रसाद पोखरेलले प्रतिष्ठानलाई पुरस्कारका लागि धन्यवाद ज्ञापन गर्नु भयो । सर्जकमा अराजक हुनुपर्ने बताउँदै उहाँले शंकर लामिछानेमा अराजकता र प्रस्तुतिकरणको नयाँ शैली भएको बताउँदै शंकर लामिछानेले नेपाली निबन्ध विधामा दिएको योगदान अविस्मरणीय भएको उल्लेख गर्नुभयो ।

अर्का पुरस्कृत निबन्धकार ज्ञानेन्द्र विवशले शंकर लामिछाने जस्तो विशिष्ट व्यक्तिको नाममा स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाएकोमा खुसी व्यक्त गर्दै लामिछानेको निबन्ध आफूलाई सर्धै नयाँ लाग्ने बताउनु भयो ।

दया फाउन्डेसनको तर्फबाट सहभागी भएकी आयुषा कपालीले सहकार्यका लागि प्रतिष्ठानप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनु भयो । दया फाउन्डेसनले प्रतिष्ठानलाई आर्थिक सहयोग गर्दै आएको छ ।

अभिनन्दित एवम् पुरस्कृतहरूबारे बोल्दै समालोचक प्रमोद प्रधानले उपयुक्त व्यक्तिको चयन भएको र सबैको आआफ्ना विधा क्षेत्रमा उल्लेखनीय योगदान रहेको चर्चा गर्नु भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्धको परम्परालाई शंकर लामिछानेले भत्काएर नयाँ चरणमा प्रवेश गराएको स्पष्ट पार्नु भयो । लामिछानेको विशिष्टता भत्काएर निबन्धलाई नयाँ चरणमा प्रवेश गराएको दिन मात्रै लामिछानेमाथि सही सम्मान हुने पनि बताउनु भयो ।

साहित्यकार डा.दामोदर पुडासैनीले शंकर लामिछाने प्रतिष्ठान स्थापना भएको धेरै भए पनि राधेश्याम लेकालीको अध्यक्षतामा बनेको समितिले यसलाई सशक्त ढङ्गले सञ्चालन गरेको दाबी गर्नु भयो । प्रतिष्ठानबाट विभिन्न कृतिको लोकापणर्, परिचर्चा गर्दै आइरहेको बताउँदै उहाँले प्रतिष्ठानले चाँडै नै ग्रन्थ प्रकाशन गर्ने जानकारी दिनु भयो ।

कार्यक्रमका अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष राधेश्याम लेकालीले धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानका आगामी योजनाबारे जानकारी गराउनु भएको थियो । उहाँले निकट भविष्यमै शंकर लामिछाने स्मृतिग्रन्थ प्रकाशित हुने जानकारी दिंदै लामिछानेका निबन्धहरूको अङ्ग्रेजी अनुवादको काम पनि भैरहेको बताउनुभएको थियो ।

यसैगरी शंकर लामिछाने प्रतिष्ठानकी कोषाध्यक्ष पद्मावती सिंहले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य
डा. दामोदर पुडासैनीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

संस्थाकी संरक्षण सविता ढुंगानाले श्रीमती रत्ना लामिछानेको शुभकामना मन्तव्य वाचन गर्नु भएको थियो भने दया फाउन्डेसनकी प्रतिनिधि आयुसा कपाली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बिओटीका अध्यक्ष पदम विश्वकर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

कार्यक्रमका अतिथिहरुलाई प्रतिष्ठानको तर्फबाट मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मणप्रसाद गौतम, प्राज्ञ प्रदीप बमजन, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाज अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, बुकहिलका भुपेन्द्र खड्का, साहित्यकारहरु प्राडा. गोविन्दमान सिंह कार्की, किशोर पहाडी, युवराज नयाँघरे, विमल भौकाजी, सुशीला देउजा, प्रद्युम्न जोशी, निर्मल पराजुली, यादव भट्टराई, सुमन बर्षा, नीता श्रेष्ठ, मधु पाठक, रमेश दाहाल, मुना बोहरा, संगीता शर्मा, सानुराजा अन्जान, सुजिता पौड्याल अविरल, बोधराज पौडेललगायतको उपस्थिति रहेको थियो ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x