साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई खित्का

खुसक्क भन्नुस् को बिमोचन खुसखुस गरेर फच्च्या भयो है ! त्यसपछि दर्शकहरूको एकमुष्ट हाँसो ।

Nepal Telecom ad

खित्का- १ विमोचनको तरीका

२०७३ चैत्र १७ गते रूसी सांस्कृतिक केन्द्रको पे्रक्षालयमा सहभागी हुनुभएका सबै दर्शकहरूलाई सभापति घोषणा गरि कार्यक्रम शुरू गरिएको थियो ।

पे्रक्षालयमा रहेका सबै दर्शकहरूलाई साउती हास्यव्यङ्ग्य किताब बाँडिएको थियो । उद्धोषक सरोज घिमिरेले माइकबाट भन्दै थिए- क-कसका हातमा किताब आइपुग्यो, आइपुगेन भन्नाका लागि एकपटक उठेर किताब सहित हात उठाइदिनु होला । सबले उठेर किताब सहित हात उठाए । त्यहीबेला उद्धोषकले दर्शकहरूलाई धन्यबाद दिँदै भने- सबै दर्शकहरूले यो किताबको बिमोचन गर्नुभयो है ! विमोचनको नयाँ तरीका देखेर दर्शकहरू मुर्छा पर्ने गरि हाँसे ।

खित्का- २ यसरी भयो बिमोचन

हास्यकलाकार तथा लेखक गोपालराज मैनालीद्वारा लिखित, माणिकरत्न शाक्यद्वारा संकलित संपादित कृति हो- खुसुक्क भन्नुस् फच्या । कृषि बिकास बैकको सभा हल । आयोजक- भुँडीपुराण प्रकाशन । दिन- २०५३ भाद्र १९ गते ।

मञ्चमा आसिन प्रमुख अतिथि लगायत १५ जनाको कानमा बेहुला गोपालराज मैनालीले खुसखुस गर्नुभयो । सुन्ने चाहिँ मज्जाले हाँसिरहेका थिए । राजनीतिले नछोएको ठाउँ कहाँ छ र ! लोग्ने स्वास्नी बीच त राजनीति हुन्छ भनेर मलाई हँसाए । मैनालीको चर्तिकला दर्शक उत्सुकताका साथ हेरिरहेका थिए ।

सबैलाई त्यसो गरे लगत्तै प्रमुखख अतिथिले खुसुक्कसँग किताब निकालेर दर्शकतिर देखाउँछन् । कार्यकम संचालक केदार खड्का हाँसी हाँसी बोल्दै भन्छन्- खुसक्क भन्नुस् को बिमोचन खुसखुस गरेर फच्च्या भयो है ! त्यसपछि दर्शकहरूको एकमुष्ट हाँसो ।

०००
चाबहिल, सरस्वतीनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x