साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला- १०)

बाँचेका तालिकामा सकलजन मिली भाँचिएका बलाको राख्दै सम्मान राम्रो कसरत गरिँदा रङ्ग फेर्छौँ धराको, साथैमा वृद्धवृद्धा जनसित रहँदा भावना सत्य नाद मिल्ने छन् प्रेरणाका जग जनहितमा भन्छ देवीप्रसाद !

Nepal Telecom ad

(जेठा बालाई बुझाँउदै, यसो भन्छ देवीप्रसाद)

जेठा बाले समाए जटिलसँग अझै च्याप्प पारेर घाँटी
देवीको चित्त छायो गहन विषयले सम्झँदै सुत्छ राति
झस्क्यो सर्वाङ्ग सोच्दै अघिपछि दिलमा प्रश्न आए उदात्त
जेठा बाको बुझाऊँ दिल अब कसरी भन्छ देवीप्रसाद !!
(४६)

सम्झ्यो केही पलाका समय समयमा राष्ट्रका मामिलामा
ढल्छन् खम्बा पुराना चलन छ अघिको देखिने तालिकामा
छर्राले लाग्छ हाम्रा वरपर घरका पालुवा, गर्छ घात
साझा हुन् यी समस्या विचलित नबनौँ भन्छ देवीप्रसाद !!
(४७)

चल्दा यी द्वन्द उम्दा उथलपुथल भए राष्ट्रका द्वारपाले
आशा राखौँ उज्यालो उदित मनसँगै लाग्द छन् राष्ट्र-पाले
मागेको लाग्छ हेर्दा अझ पनि सबको लोकले नित्य साथ
लागौँ सम्भावना छन् विविध विषयमा भन्छ देवीप्रसाद !!
(४८)

लागेका जो उता छन् परपर भवमा भूमि सन्तान हाम्रा
गर्छन् माया धराको मनमगज यतै नित्य राखेर उम्दा
हाम्रा जो जे गुमेका चिजबिज अहिले फर्कँदैनन् दुरुस्त
छर्छौ सम्पूर्ण जुट्दा नवरस भवमा भन्छ देवीप्रसाद !!
(४९)

बाँचेका तालिकामा सकलजन मिली भाँचिएका बलाको
राख्दै सम्मान राम्रो कसरत गरिँदा रङ्ग फेर्छौँ धराको
साथैमा वृद्धवृद्धा जनसित रहँदा भावना सत्य नाद
मिल्ने छन् प्रेरणाका जग जनहितमा भन्छ देवीप्रसाद !!
(५०)
(क्रमशः)

०००
२०७९/१०/९
ताप्लेजुङ, हाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x