साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय होली

लोला नहान बटुवा अनि वृद्ध अशक्त, बाटो दिनू सहजले नगरे वितर्क, हान्छन् कतै त छिलिदै युवती भिजाई, मज्जा लिंदा युवकले झन कष्टदायी

Nepal Telecom ad

साथीसँगै रहरले अब खेल्नु होली
हाँसी खुशी सबसँगै नव रंग घोली
छिः छिः नहोस् सकलमा र नहोस् नमज्जा
आहा भनून् सकलले तब पो छ मज्जा ॥

जे जे लुगा छ घरमा सजिला लगाऊ
नाँच्दै तिमी सबजना अब लौ नचाऊ
देखेर वृद्ध गणले धुप नै लगाऊन्
हाँसून् युवा र कलिला सब नै रमाऊन् ॥

लोला नहान बटुवा अनि वृद्ध अशक्त
बाटो दिनू सहजले नगरे वितर्क
हान्छन् कतै त छिलिदै युवती भिजाई
मज्जा लिंदा युवकले झन कष्टदायी ॥

यो फागुको अविरले मन होस् विशुद्ध
जाने खुशी छ दुनियाँ र नखोज बुद्ध
यो फागु पर्व कसरी सुरूभो बुझे है
प्रह्लाद कथा छ अति मार्मिक यो सुने है ॥

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x