सुलसुलेसुरभिको १४६ औँ कथावाचन शृङ्खला
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यो शृङ्खलाका प्रमुख अतिथि अच्युत चालिसे हुनुहुन्थ्यो भने अतिथिमा कात्यायन हुनुहुन्थ्यो ।

काठमाडौं, फागुन २० । सुरभि साहित्य प्रतिष्ठानको १४६ औँ कथावाचन शृङ्खला सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यो शृङ्खलाका प्रमुख अतिथि अच्युत चालिसे हुनुहुन्थ्यो भने अतिथिमा कात्यायन हुनुहुन्थ्यो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले स्वागत गर्दै सञ्चालन गरेको कार्यक्रममा लक्ष्मी खड्का, प्रमोद प्याकुरेल, कात्यायन, परशुराम पराशर, तारादेवी फुयाल र अच्युत चालिसेले कथावाचन गर्नुभएको थियो ।
वाचित कथाको समीक्षा कार्यक्रम सञ्चालकले नै गर्नुभएको थियो । १५ जनाको उपस्थितिमा भएको कार्यक्रम दिउँसो १ बजे सुरु भएर ३ बजे समाप्त भएको थियो ।
०००
– परासर
Subscribe
Login
0 Comments
Oldest