साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजलकृति लोकार्पण एवम् स्रष्टा सम्मान

गजलकार डा.घनश्याम परिश्रमी, हरिचन्द्र लावती, हिलिहाङ्गका गाउपालिका अध्यक्ष समरबहादुर अधिकारी, देवी पन्थी, लेखक उमा ओडारी, लेखकका माता पिता र काव्यघर नेपालका अध्यक्ष राजकुमार खड्गाले संयुक्त रुपमा बिमोचन गरेका थिए ।

Nepal Telecom ad

काव्य घर नेपालले उमा ओडारीको झुल्के घाम गजल र चारु संयुक्त सङ्ग्रह लोकार्पण एवं स्रष्टा सम्मान कार्यक्रम सप्पन्न भयो ।

बिनोद ओडारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गजलकार डा.घनश्याम परिश्रमी, हरिचन्द्र लावती, हिलिहाङ्गका गाउपालिका अध्यक्ष समरबहादुर अधिकारी, देवी पन्थी, लेखक उमा ओडारी, लेखकका माता पिता र काव्यघर नेपालका अध्यक्ष राजकुमार खड्गाले कृतिको संयुक्त रुपमा बिमोचन गरेका थिए ।

राष्ट्रिय गान गाएर सुरु भएको कार्यक्रममा भाषाबिद्व हरिचन्द्र लावती, नरेन्द्र केरुङ, हिलिहाङ्ग गाउपालिकाका पूर्व अध्यक्ष भवानी लिङ्देन, टीका ढुङ्गेल, जिवनहरी शर्मा, पत्रकार महासंघ पाचथरका अध्यक्ष गिरिराज बास्कोटा, लगायतले कृतिको चर्चापरिचर्चा बधाई शुभकामना व्यक्त गरेका थिए ।

नेपाली गजलमा बिवाद रहेकोे र त्यो आफै निराकरण भएर जाने र गजलको पहिचान र महत्त्व अलग्गै रहेको अधिकांश बक्ताहरूले राखेका थिए ।

उमा ओडारीको गलज र चारु संयुक्त सङ्ग्रह ‘झुल्के घाम’को समीक्षा गजलकार धनपति ढुङ्गेलले गर्नु भएको थियो । कृतिकार उमाको ‘झुल्के घाम’बाट समाज र जीवनको महत्त्वलाई स्थापित गराउन सफल रहेको भन्दै समीक्षकले लेखकको प्रशंसा गर्नुभएको थियो ।

काव्यघर नेपालले मोफसलमा बसी साहित्य साधना गरेबापत भाषाबिद्व प्राज्ञ हरिचन्द्र लावती र साहित्यकार अधिकारी बिमलालाई पनि काव्यघर नेपाल स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो ।

‘झुल्के घाम’ गजल र चारु संग्रहले सुरुसुरुमा नसिकी लेखेँ, पछि गएर सबैसँग सम्पर्क बढाउँदै गएँ र सिर्जना निखार्दै गएर आजको कृति जन्माउन सकेँ, यसमा घर परिवार आमा बुवाले मेरो कृतिको इच्छा राख्नुभयो यसैले गर्दा संग्रह प्रकाशन गर्न सकेको दावी गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि डा.घनश्याम परिश्रमीले झुल्के घामले नेपाली गजल क्षेत्रमा एउटा शृङ्खला चढेको र उमा ओडारीको लेखनयात्रा अझ झ्याङिने कुरा बताउनु भयो । उमाको महिलाको लेखन यात्रामा अतुलनीय कार्य गरेको भन्दै खुलेर प्रशंसा गर्नु भयो ।

काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले नेपाली साहित्यमा पाँचथर उर्वर क्षेत्र रहेको र प्राकृतिक रुपमा पनि मलिलो रहेकोे बताउनु भयो ।

रविन तिम्सिना कोक्रालीले संचालन गरेको कार्यक्रमको सभापतित्व काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले गर्नुभएको कार्यक्रममा स्रष्टाहरूः नरेन्द्र केरुङ्ग, जीवनहरी शर्मा, टीका ढुङ्गेल, देवी पन्थी, राजेन्द्र काफ्ले, नवीन लोयम, डिएम कङ्दम्बा, बिमल राई लगायत तीन दर्जन भन्दा बढी सर्जकले बधाई शुभकामना मन्तव्य राख्नु भएको थियो ।

०००
-रेणुका भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x