साइबर अपराध सम्बन्धी सचेतना सामग्री

र पो चाल पाएँ !

मिल्यो जिन्दगानी मजाको कहानी, जो फर्केर आयो नयाँ साल पाएँ ।

Nepal Telecom ad

थाहै थिएन म मरी सकेछु, गनायो र लाशै र पो चाल पाएँ
बलै घिसारी लगी घाट पोलें, उल्टो अनौठो अवगाल पाएँ

घोडा लात हानी फुटाल्दिन्छ शिर, अर्को शिकारी खसाल्दिन्छ भिर
म फर्केर आएँ उठी बल्लतल्ल, किन फेर बाँचिस् यो सवाल पाएँ

बन्यो दैव घाती, किन दुख्छ छाती, नमाती बसेको म हाँसेर एक्लै
चोरिस् भोक भन्दै, पिइस् प्यास भन्दै, खुबै दण्ड चर्को यो बबाल पाएँ

खुदै जिन्दगीले लखेट्यो मलाई, मिलेको छ यस्तै सधैंको भलाइ
डढाए खरानी बनाए रमाई, मिल्यो स्वाद यस्तै छ कमाल पाएँ

फेरिस् शास भन्दै ठटाए सकेको, हेरिस् नेत्र भन्दै फुटाए चलाई
मिल्यो जिन्दगानी मजाको कहानी, जो फर्केर आयो नयाँ साल पाएँ ।

०००
२०७९/११/०९ बिहान
अचम, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x