साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिमोटेर…

जे होस् मैले गाडी सिकें । पछि भेट हुँदा एक दिन उनले भनिन्- "सरलाई त मैले चिया खुवाउनुपर्नेछ । सरका तिघ्रा चिमोटेका कारणले मेरा ग्राहक असाध्यै बढे नि !" मैले सोधें “कसरी ?”

Nepal Telecom ad

माणिकरत्न शाक्य :

त्यो बेला म राष्ट्रिय वाणिज्य बैङ्क बालाजुमा कार्यरत थिएँ । त्यो भेकका धेरै जनासँग प्रत्यक्ष-अप्रत्यक्ष रूपमा चिनजान र हिमचिम बढ्नु स्वाभाविकै थियो । त्यसमाथि पनि म हास्यव्यङ्ग्य साहित्यमा लागेको र पत्रिका पनि प्रकाशन गर्ने भएकाले थप धेरैसँग परिचय र हिमचिम भयो । बैङ्कमा पैसा राख्ने र झिक्ने कामका लागि सरस्वती महिला ड्राइभिङकी सञ्चालिका तथा प्रशिक्षक सधैं आउने गर्थिन् । तिनी सधैं बैङ्कमा आएपिच्छे मलाई देख्नेबित्तिकै ‘तपाईं जस्तोले पनि मोटर नसिकेर हुन्छ, भोलि के पर्छ-पर्छ’ भन्दै उक्साउने गर्थिन् । ‘त्यै त भै हाल्छ नि’ भन्दै म पनि एक धार्नीको टाउको हल्लाएर टारिदिन्थें

तिनले मलाई भेट्यो कि त्यही कुरा भन्न छाडेको पनि होइन, मैले हुन्छ हुन्छ भन्न पनि छोडिनँ तर उनको पछि लागेर मोटर सिक्न गएको पनि होइन । हाम्रोबीचमा केही समय यसरी नै दोहोरी चलिरहयो । एक दिन त्यसै गरी ठट्टा गर्दै तिनले फेरि उही कुरा दोहोऱ्याइन् । एउटै कुरामा बारम्बार पेलेको पेलेकै गरेपछि मैले पनि ‘लौ न त सिकौं भने सिकौं’ भनेर मोटर सिक्न लाग्ने शुल्कका बारेमा सोधें । उनले पनि मुर्गा फसाउने मौका नउम्काउने प्रयास गर्दै भनिन्- “सरलाई धेरै लिने कुरा आएन, पाँच हजार त हो नि !”

त्यसपछि सुरु भयो मेरो ड्राइभिङ स्पेशल कोर्स । कार्यालय समयपछि ४ देखि ५ बजेको समयमा । ड्राइभिङ सिकाउने गुरु उन थिइन् । गुरुमा नै भनौँ न । उनले मलाई चालकको सिटमा राखिन् र उनी बसिन् छेउको सिटमा । बैङ्कमा आउँदा उनी निकै नरम र मिजासिली देखिन्थिन् तर गुरुमाका रूपमा त उनी एकदमै कडा पो रहिछन् ।

ठीक ४ बजे रात्रिसेवाका बसहरू छुट्ने, त्यही बेलामा मेरो कोर्स सुरु हुने । एक त पहिलो दिन त्यसै अप्ठ्यारो, रात्रि बसको हुइँक्याइको आवाजले मेरो सातोपुत्लो उड्यो । यो क्रम दोस्रो दिन अलि कम भयो । बालाजु चोकबाट सुरु भयो मेरो प्रशिक्षण यात्रा । त्यसमाथि गुरुमाले भनेजस्तो भएन भने अर्थात् गल्ती भयो भने उनी अचानक मेरो तिघ्रामा किरिक्क पारेर चिमोटिदिन्थिन् । ऐय्या ! भन्यो आफ्नै सुरमा । तिघ्रा छाम्न थालौं भने उता साइडका गाडी वा मान्छेसँग मीत लगाउन पुगिएला भन्ने डर ।

अरू बेला दिल खोलेर हाँस्ने दिदी, गाडी सिकाउन थाल्यो कि त हान्ने भैंसी जस्तो भइहाल्ने । यसरी उनले एक घण्टाभित्र कत्ति चिमोटिन् भनेर हिसाब निकाल्न बेलुका घरमा गएर राता डाम गन्नुपर्थ्यो । रगतै चुहिएलाजस्ता राता-राता डाम । जति चिमोटे पनि मैले गाडी सिक्ने छाँट आएन । उनको भनाइअनुसार मैले एक महिनामा पनि गाडी नजान्ने भएँ। उनले त्यसो भनेको साँझ मैले गाडी सिक्न नसक्नुको कारण पत्ता लगाएँ र भोलिपल्ट गाडीमा पस्नेवित्तिकै भने “हनु मेरी डाबराब बानी के भने हँसाई हँसाई सिकाएको कुरा छु तर रिसाएर गाली गरेर, कुटेर, पिटेर, चिमोटेर निकाय भने मेरो दिमाग का गदैन।”

त्यसपछि मैले उनलाई उनले एक घण्टामा एक बढी पटक चिमोटेको पीडाले गर्दा गाडी सिक्न नसकेको कुरा बताएँ । उनले छक्क पर्दै भनिन “तपाईलाई कहिले चिमाेटेँ ?

म छक्क परेँ । मैले भनेँ तपाईं मेरा विधाको कस्ताे हालत बनाउनुभएको छ, त्यो देखाउन तपाईलाई मिल्न्दैन र पो त । अबदेखि नचिमोट्ने भए सिक्न आउँछु नत्र भोलिदेखि त त्यतिकै हो !”

गलफत्ती गर्दै त्यो दिनको प्रशिक्षण प्रारम्भ भयो । गाडी अलिकति अगाडि मात्रै के बढेको थियो भयाप्प स्टार्ट बन्द भयो । गुरुमाले अचानक मेरो तिघ्रामा चिरिक्क पारिहालिन् । मैले पनि तुरुन्तै ठूलो स्वरमा ऐय्या’ भनेर चिच्याएँ र उनको हात च्याप्प पारेर समातेर भनें “देख्नुभो त गुरुमा, तपाईले चिमाेट्नु भाे कि भएन ?”

उनले हत्तपत्त गल्ती स्वीकार गर्दै भनिन्- “सरी । सरी ।”

मैले यसरी सधै चिमोटाई खाँदा खाँदा तिघ्रा ने छिया-छिया भइसकेको कुरा उनलाई बताएँ । उनले मायालु स्वरमा भनिन्- “यस्तो कुरा अस्ति नै भन्नु पर्दैन त सर । ल अबदेखि, ढुक्क हुनुस् म तपाईले गाडी सिक्ने बेलामा अलि टाढै बसौला । आफ्नो हातलाई कन्ट्रोलमा राखौंला ।”

नभन्दै गुरुमाले त्यो दिनदेखि चिमोट्ने कुकर्म कम गर्दै गर्दै पूरै बन्द गरिन् । मैले पनि बाँकी चार-पाँच दिनमा गाडी राम्ररी सिकेँ ।

मलाई लाग्यो घरको किचकिचले उनलाई टेन्सन हुँदो हो, त्यसको रिस उनी आफ्ना चेलाचेलीका तिघ्रामा चिमोटेर शान्त गर्दिहुन्। अथवा अरू कुनै कारण पनि हुन सक्छ । जे होस् मैले गाडी सिकें । पछि भेट हुँदा एक दिन उनले भनिन्- “सरलाई त मैले चिया खुवाउनुपर्नेछ । सरका तिघ्रा चिमोटेका कारणले मेरा ग्राहक असाध्यै बढे नि !” मैले सोधें “कसरी ?”

उनले भनिन्– “सुरुसुरुमा मेरा धेरै ग्राहकहरू एक दिन, दुई दिन सिकेर भाग्थे । मलाई कारण थाहा थिएन । सरले मेरो प्रतिरोध गरेपछि मैले कारण थाहा पाएँ र गाडी सिक्नेहरूलाई चिमोटन छाडें, त्यसपछि त ग्राहकहरू भाग्न छाडे नि !”

०००
सरस्वतिनगर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x