साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जम्रा र किर्ना बढे ?

टीकातन्त्र बढेर प्राज्ञ -क्षमता, झन्- झन् उखेल्दै गए । भाटै भाट र टाट बाैध्दिक यहाँ , प्रज्ञा सुसेल्दै भए ।। नाता औ परिवार द्रव्य बलमा, भाले भराैटे बने । नाैलाे याे गणतन्त्रले मुलुकमा, जम्रा र किर्ना बढे ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’

हार्छन् न्याय सुसत्य याे मुलुकमा, अन्याय भाे जब्बर ।
याेध्दाका सपना हुँदैन विपना, पर्छन् सधैँ अक्कर ।।
देख्याैँ याे गणतन्त्रका नृप नयाँ, रानी – कुरानीहरू ।
सामन्ती अभिवृत्ति झन् सघन भै, फस्टाउँदै छन् बरू ।।

लाम्खुट्टे उपियाँ अरिङ्गाल अझै ड्याङ्गा र ठ्याङ्गा बनी ।
व्याधा शण्ड र मुण्ड छन् नृपहरू बाङ्गा र टिङ्गा धनी।।
काला शासक वा प्रशासक कयाैँ समृध्द सम्पन्न छन्।
मात्रै छन् जनता गरीब दुखिया तथ्याङ्क यै भन्दछन् ।।

टीकातन्त्र बढेर प्राज्ञ -क्षमता, झन्- झन् उखेल्दै गए ।
भाटै भाट र टाट बाैध्दिक यहाँ , प्रज्ञा सुसेल्दै भए ।।
नाता औ परिवार द्रव्य बलमा, भाले भराैटे बने ।
नाैलाे याे गणतन्त्रले मुलुकमा, जम्रा र किर्ना बढे ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x