साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसी रहेका मलामीहरू

गैरसरकारी संस्था, डलरवादी विद्वान, पालिएका नेता, अनि डाडु पुन्यूका नायक सेवा प्रवाह गर्नेहरूले आफ्नो भलाईका खातिर अरुलाई शिकार बनाउन प्रयोग गरिएका ड्रग्सरुपी ओखतीहरूको सह उत्पादन पो हो कि यो संम्वेदनशील अवस्थाको असंवेदनशील हाँसो ।

Nepal Telecom ad

शिवप्रसाद जैसी :

मलामी, पृथ्वीलोकको अन्तिम यात्रामा रेहका मृत मानिसको बिदाईमा भेला हुने जमात- आफन्त, नाताकुटुम्ब, श्रद्धा गर्ने चाहने व्यक्तिहरू । अत्यन्त मलिन अनुहारमा हिडिरहने श्रद्धालुहरुको लस्कर । अलिकति शिर झुके जस्तो । आखाँहरूमा आँसु निर्वाध बगिरहेका सहभागिहरुको अनुसासित लामबद्ध पंक्ति । “सबको बाटो यहि हो ढिलो वा चाँडो” सुन्न नचाहँदा पनि सुनिने वाक्य । अन्तिम सत्यको तथ्यलाई मनन् गर्ने बेला, क्षण र अवस्था । मन शुद्ध पार्न मस्तिष्कले दिने दबाव । रीस, राग, द्वेष, झगडा, मोह र अहंकारबाट टाढिने भाव विल समयको पनि बिन्दु ।

हाँसो को त कहाँ कल्पना गर्न सकिन्छ । हाँसो र आँसु विपरितार्थ शब्द हो । कहिलेकाहीं हर्षाँसु बग्न सक्छन् । हर्षाँशुको क्षणको अनुहारको चमक शरीरको स्फुर्ति पक्कै पनि कता कता फरक हुन्छ, मृत मानिसको शव यात्रामा जाँदाका आँसुहरू भन्दा । सजिलै छुट्टिन्छन् यी दुई थरी आँसुहरू । आँसुहरू दुई थरी भए पनि हाँसो भने एकै थरी हुन्छ । दुःखको हाँसो हुनै सक्दैन् । न त शब्दकोषमा छ न शास्त्रमा लेखियो । न वास्तविकतामा देखियो । कही कतै पनि दुःखको हाँसो भन्ने थाहा भए कसैले भनि दिए हुन्थ्यो । हो, देखिन्छ यदी मानिस असामान्य अवस्थामा मानसिक सन्तुलन गुमाएको छ भने ।

मलामी जाँदा हाँसोको उन्मुक्त फोकाहरु फाल्ने र पोकाहरु पाल्ने मानिसहरु यी दुवै थरी हँुदैनन् । न त असामान्य न त मानसिक सन्तुलन गुमाएका । आर्यघाटतटको चितामा मानिसका लासहरू जलिरहँदा यी सामान्य मानिस जो पर्यटक हुदैनन् जो यात्रु हुदैनन्, हुन्छन् त तिनै लासका मलामीहरु तर निर्वाध हाँसिरहेका हुन्छन् । रमाई रहेका हुन्छन् । फोटो खिच्दै हुन्छन् । सम्झनाका फोटाहरू होइनन् रमझमका फोटाहरू, आनन्दका फोटाहरू, सेल्फिहरू, हेल्पिहरू मानौं कि कुनै यात्रामा मनोरन्जन गरिरहेका छन् ।

अँह, हाँसो र मलामी हुन सक्दैन । वास्तविक मलामी त आफ्नै लासको मलामी भएको र पृथ्वीलोकको आफ्नो अन्तिम यात्रामा सरिक भइरहेको महसुस गरिरहेको हुन्छ । अन्नतकालको चिर निन्द्रामा आफ्नो वहिर्गमन भइरहेको आफ्नो काल्पनिक लासको अनुभूति गरिरहेको हुन्छ । एक किसिमले भन्ने हो भने ऊ आफ्नै मलामी हो । त्यो अनुभूत उसमा निस्किएन भने ऊ कसरी मलामी हुन सक्छ । त्यो क्षण उसले आफैले बोकी रहेको लाससंग तुलना गर्दै आफुद्वारा गरिएका कर्महरुको मुल्यांकन गर्दै आफ्नो जिन्दगीको परीक्षामा उत्तीणर्ाङ्क प्राप्त गर्न सक्छु कि सक्दैन भनेर घोसे मुण्टो लगाएर सोचिरको हुन्छ । उत्तीर्णङ्क नपुगेको उसको अंक थप्न बाँकी जीवनलाई समर्पित गर्न वाचा गरिरहेको हुन्छ र हुनु पर्छ । सामाजिक सद्भाव र मानवतामा एक इट्टा थपेर मानव जीवनका लागि थोरै भए पनि गुण लगाउने उपाय उसको अन्तस्करणबाट निस्किरहेको हुन्छ । उसका हरेक तन्तुहरुले उसलाई शुभकार्यका लागि निर्देशित गरिरहेका हुन्छन् । किनकि ऊ मलामी हो सलामी होइन ।

यो मानिसका लासहरुसँगैका मलामीहरूको मनोरन्जनात्मक वातावरण देख्दा लाग्छ के अब मानिस संवेदनाहीन भइसक्यो । के उसमा कुनै किसिमको मानवीयता छैन । दाया, माया, प्रेम र करुणा छैन। हुँदो हो त कसरी औपचारिक भाषण दिन सक्छ । किन उसको गला अबरुद्ध हुँदैन । ऊ कसरी माइकमा बोलिरहेको हुन्छ । ऊ कसरी मञ्च खडा गरेर कुनै उत्सव जस्तै कुर्सिमा आशन गरेर रासनका कुरा गरिरहेको छ । लासलाई किन चाहियो रासन । मौनताको सुनसान अवस्थामा कहिंकतै विरहका उल्टा बाजा बजाउने चलन पनि छ ।

एकोहोरो शंख फुकेर मानिसको ध्यानलाई कसैको मृत्युको सन्देश जस्तो सुनिने टाढाको ठाउँ सम्मको सञ्चार एक किसिमको फरक तर सत्य अनुभूति गर्ने क्षण होइन र त्यो । आफ्नै वहिर्गमनको शाश्वत सत्यलाई बोध गरिरहेको बेलामा कसरी मानिस हाँस्न सक्छ। हुन त मानिसका मात्र मलामी कहाँ छन् र आजकाल । मानिसरुपी अधिकार प्राप्त अधिकारीहरूले आफ्नो सुख सयल र क्षणिक स्वार्थका लागि सार्वजनिक सम्पति सिध्याएर त्यसैको पनि त मलामी गएका हुन सक्छन् । अधिकारीहरुलाई प्रभावित पारेर राष्ट्रिय सम्पत्ति आफ्नै बनाएर क्षणिक रुपले अब्बल कहलिनेहरु सायद हाँस्न सक्दा हुन् । उनिहरुले हिटलरले जस्तो संसार जित्नेको पनि खाली हात हुन्छ जानेबेला भन्ने सन्देशको धज्जी उडाउने नैं भए । मंहगा गाडिमा सयर गर्ने भत्ता पचाउने सुविधाहरु बढाउने अनि सरकारी संस्थाहरु डुबाएर सखाप पार्नु पनि त हत्या गरेर मलामी जानु सरह हो ।

राज्यका विभिन्न भर्‍याङहरुमा बसेर आफ्नो औकात विर्सेर, दायित्वको धोती लगाएर, कर्तव्यको कागत च्यातेर, नैतिकताको घोडाका खुट्टा भाँचेर, आडम्बरको खोल ओडेर आफ्ना निजि चहाना पुरा गरिने हर्कतहरू पनि त सार्वजनिक रुपमा रहेका र भौतिकरुपमा नमरेका निकायहरुको मलामी जानु सरह नै हो नी। सायद यो संस्कार र संस्कृतिले मानिसलाई संवेदनाहीन बनाएर आर्यघाटतिर पनि हाँस्न र रमाउन पठायो कि !

हाे, उपल्लो तहमा नीतिहरुको पनि राजा राजनीतिकर्मीहरुको भाषण आर्यघाटमा पनि दनदनी लास जलिरेहका बेला उत्तेजित हिसावले बेहोसी पाराले दन्किएको देखिँदै छ- मानौ यिनले अन्त भाषण गर्ने मञ्च भेटाएनन् । यो भाषण भन्दा ती मृतकहरूले देखाएको सुमार्गतिर समाज र राज्यलाई डोर्‍याउने कर्म योगको विरुवा रोपेको भए ढिलो भए पनि फल्थ्यो नि । सायद विरुवा ढिलो फल्छ भनेर हतार गरेर बिरुवा रोप्दै नरोपी भाषणमा चाँडै फलाएका पो हुन् कि ! यसरी फल्दै नफल्ने भाषणमा कुनै व्यक्तिको मर्म, कर्म, व्यक्तित्व र कृतित्वलाई सिमित पारेर संवेदनशील समयमा घाटमै हाँसो रुपी कार्यक्रम गर्नु पनि त नैतिकरुपले मलामी सरह नै हो नि हैन र ?

कुर्सीमाथि थचक्क बसेर आसन ग्रहण गराएर भाषणको खेती गर्ने संस्कारले नव सन्ततिहरुलाई यो मलामी अवस्थालाई समान्य पो बनायो कि । अनि एकातिर भाषण र अर्कोतिर मनोरन्जनात्मक गतिविधिको ओइरो पो लाग्यो की भन्दा गल्ती हुने देखिँदैन। मृत्युबोध आफैमा संवेगात्मक हो । आवेगात्म होइन । मनोरन्जनात्मक त हुनै सक्दैन । “सय काठको एक काठ” अर्थात सय जनाको मलामी गएर सय वटालाई काठ हालियो भने आफू मर्दा त्यो सय बराबर एक काठ प्राप्त हुन्छ भन्ने संस्कार बोकेकाहरूका सन्तानहरूलाई केले संवेदनाहीन बनाउँदैछ । हुन त एउटा दौँतरीलाई बीचमा राखेर वरीपरी घेरेकाहरूले सिनेमा शैलीमा फनफनी घुमाउँदै थप्पड लगाएर भिडियो खिचेको क्लिप पनि भाइरल भइसक्यो ।

एक जना मानिसलाई कुट्न सयौ मानिस भाँटो लिएर लखेटेको दृष्य कम सकस पूणर् छैन । घरबाट लिएर जंगलमा टाउको छिनाली आफैले फोन गरेर टाउको र शरीर अलग अलग पार्न सफल भएको सगौरव गरिएको सम्प्रेषणलाई पनि पचाइयो । मानिस काटियो भनेर टाउको बोकेर वा मानिसहरु काटिएकोले म हाजिर छु भन्दै सशरीर पुलिसकहाँ पुग्नेहरू भेटिँदैछन् । मानिस मारेको समाचारलाई सजिलै पचाउने समाज र बचाउने राज्य संयन्त्र भएपछि कहाँ भेटिन्छ र मानिसको मुल्य । अनि उठदैन त हाँसो । कानूनले नुनखाएर मारिएकालाई मरेको भन्ने न्यायालय भएपछि अनि मलामी जाँदा कसरी संवेदनशील हुनसक्छ त त्यो मानिस भनाउँदो प्राणी । अनि हँुदैन त अरुको मृत्युमा मानिस खुसी । उठ्दैन अट्टहाँस हाँसो । खिच्दैन त फोटो। विचरा त्यो जाबो मानिस जता लग्यो त्यतै त जाने त हो नि । दाम्लोले बाँधेर गोठालाले पशु ताने जस्तै त होला नि नेतृत्वले व्यक्ति समाज वा राष्ट्रलाई डोर्‍याउने । डोर्‍याउने गतिलो भए पो डोरिने भरसिलो होस् । डोर्‍याउने कुर्सिमा उपरखुट्टी लगाएर जलिरहेको लासका अगाडि आशन ग्रहण सहितको रासनको भाषण गर्दा समान्य मलामीहरुले खित्का छोडेर हाँस्नुलाई कसले पो अस्वभाविक ठान्ला ।

कलमका निभहरु बङ्ग्याएर कानूनका धाराहरुको धज्जि उडाएर चोरलाई साधु र साधुलाई सुली चढाएर पो मानिसहरुको संवेदना हराएको हो कि । अपराध लुकाएर अपराधी बचाउने राजनीतिक संस्कारले मानिसलाई संवेदानहीन बनायो । आफ्नै अगाडि अपराधिको अपराधलाई निरअपराधिको प्रमाण थम्याउने र शुद्दीकरण गर्ने परिपाटीले मानिसको मन मस्तिष्कमा अपराधको मलजल र गोडमेल गरेको हुनु पर्छ ।

मानिस मानिसमा थोरै संवेत्मक भावनाको विकास भएर भावी सन्ततीलाई कम्तिमा मानिस मर्दा र मलामी जाँदा नहाँस्ने बनाउन सकेको भए थोरै भए पनि मानिस हुनको सार्थकता भएको मान्न सकिन्थ्यो कि ! कहाँ सम्भव होला र ! प्राणी मैत्री आत्मा भएको मानिसहरूको हुल तयार गर्न । संसारका सरकारहरूले अरुको मानवीय अस्थित्व मातृ प्रेम र राष्ट्रप्रतिको अगाध श्रद्धाका लागि समर्पित आत्माहरूलाई बन्धक बनाउन खुपिया एजेन्सीहरू तयार गरेर अपराधको विकास विस्तार र शसक्तिकरण गरिरहेको यो अमानवीय युगमा । आवाजहरूलाई रोक्ने । हातहरु काट्ने । जिब्रो थुत्ने स्रोत र साधन लुट्ने अनि हैकम जमाउने र अन्तमा सफाया गर्न खोलिएका एजेन्सी र पालिएका भतुवा मानिसहरूलाई नैं सायद मलामी जाँदा पनि हाँस्ने सुई लगाएको हुनु पर्छ । नत्र कसरी सम्भव छ हाँसो र मलाम !

गैरसरकारी संस्था, डलरवादी विद्वान, पालिएका नेता, अनि डाडु पुन्यूका नायक सेवा प्रवाह गर्नेहरूले आफ्नो भलाईका खातिर अरुलाई शिकार बनाउन प्रयोग गरिएका ड्रग्सरुपी ओखतीहरूको सह उत्पादन पो हो कि यो संम्वेदनशील अवस्थाको असंवेदनशील हाँसो । दशकौंदेखि प्रयोग गरिदै आएको मन्द विषले असर देखाउदै त छैन, यो हाँसोको फोहराले ।

०००

कैलाली, हाल थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x