साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खान्छौँ त, जे बाँकी छ !

के चाहिँ बचेको छ ? त्यही जाबो मानिस त हो मान्छे बाहेक भूतपूर्वहरूले के बाँकी राखे ! केही राखेनन् । अनि, मानिस नबेचेर के बेच्ने ? न भाको चिज खाउ भन्ने सोझै अपमान भएन बचेको त्यही मानिस हो बेच्छौँ, खान्छौँ !

Nepal Telecom ad

शिवप्रसाद जैशी :

खान्छौँ जे बाँकी छ त्यहीँ
भोकै बस्न त कसरी सक्नु
ल भन्नुस् त विर्ता बाँकी छ ?
राणाले भ्याए
ल भन्नुस त मुर्ति बाँकी छ ?
राजाले सिध्याए
भन्नुस् खाग, विना, दाह्रा छन् बाँकी !
अँह, छैन
ल भन्नुस् त काठ बाँकी छ ?
शहरका उनाकुना
खोलाका छेउ
कतै छ खाली जमिन ?
गाउँ घरतिर बोका बाँकी छन् ?
दिन्छ कसैले साँप्रो ?
घ्यू, मह, अन्न अनाज छ ?
अनि, भोकै बस्ने हामी !

मिल्दैन, मिल्दै मिल्दैन
भन्न मिल्दैन भोकै बस
विर्ताको विरोध गर्‍यौँ
मुर्ति चोरलाई हामीले घोक्र्याएकै हो नि ।
घोक्र्याको खानलाई हो ।
दाह्रा, खाग, विनाको स्वाद भन्या जस्तो मिल्यो हामीलाई ?
मिलेन, पूर्वजले सिध्याई सक्या थिए ।

अन्न अनाज फलाउने
वस्तु भाउ चराउने
हामी नै हो डाँडा कटाउने ।

कसलाई थाहा छैन ?
के के, को भोग कसले कसले गरे
थाहा पाएरै त आन्दोनल गर्या थियौँ
जेल नेल बस्या थियौँ
हामीलाई नखा रे !

गिट्टी बालुवा
ठेका पट्टा
चन्दा आतङ्क
हप्ता उठानको अंशले पुगेन
विचौलियको खाम भित्रको मामले
लोभको घैँटो जाग्यो भरिएन ।

के चाहिँ बचेको छ ?
त्यही जाबो मानिस त हो
मान्छे बाहेक
भूतपूर्वहरूले के बाँकी राखे !
केही राखेनन् ।
अनि, मानिस नबेचेर के बेच्ने ?

पढाईका नाममा
मजदुरका नाममा
शरणार्थीका नाममा
लडाकुका नाममा
जागिरका नाममा
सरूवाका नाममा
बढुवाका नाममा
कानूनका दोकानमा
सरकारका होलसेल पसलमा पाइने
मानिस बाहेक केही छ अरू फसल ?

न भाको चिज खाउ भन्ने
सोझै अपमान भएन
बचेको त्यही मानिस हो
बेच्छौँ, खान्छौँ !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x