साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वन झाँक्रीको भेद लाग्ला कि !

वाक्य फुट्न अप्ठ्यारो भएका वाक्य फुटिहाले मालिकरूपी पैतालाको किलो हल्लिएर मुत्र नलिबाट तुरूक्क हुने डरले मनका कुरा मनमै गाँठो पार्न सक्ने वरदान पाएका यी राष्ट्रका परनिधिलाई ब्युँझाउन वन झाँक्रीको भेद लाग्ला कि !

Nepal Telecom ad

शिवप्रसाद जैशी :

वर्खे अधिवेशनको अन्त
काम के के गर्‍यौ भन्त
मलामी गयौ कि जन्त
मलम लगायौ कि पट्टी
एक थान विध्येयकको
कति रकम कट्टी
अँह, केही होइन !
हो,
तिनका सदनमा हुँदैनन् जनताका कुरा
किनकी सदन तिनको
सघन छलफल तिनैको
उन्नयन तिनको
त्यसैले,
त्यो सदन हो जहाँ हुँदैनन विकासका कुरा
त्यहाँ हुँदैनन् मानिसका कुरा
हुँदैनन् त्यहाँ जनसुविधाका कुरा
उठ्दै उठ्दैनन् त्यहाँ रचनात्मक कुरा
बोल्दैनन् ती मानिसहरू उन्नतिका कुरा
किनकी
तिनका दिमागमा ती मात्र छन्
अरू छँदै छैनन्
मान्छेले चुनेका संसद भित्रका ती
मानिसरूपी अब्बल प्राणीहरू
विवेक शून्य छन्
मुत नाघ्न कठिन छ तिनलाई
तिनका साहुको
तिनका उपल्लो तहका मालिकको ।

हो, ती आफै बधुँवा भएपछि
कसरी बोल्छन् आफ्ना कुरा
कसरी ओकल्छन् जनताका आवाज
साँचो मालिकका पकेटमा राखिएका
रिमोटबाट चल्ने बायोटिक रोबटहरू
खुल्ला रूपमा देखा पर्ने मानसिक बँधुवा
गिदीका नसामा अदृश्य दाम्लोले
पराईको पैतला मुनि गब्याइएको किलोमा बाँधेर
उतैको न्यारले उघ्राएका
उतैतिरबाट खटाइएका
उनैद्वारा पठाइएका
जनभातले नअघाई
सर्वभात हसुर्न लालायित यी
केही थान परजिवी भयौनाहरू
हन्तकाली पेटको अटमस सहन नसकी
सरगतिर दुई प्वाले नाक फर्काई असहज भएर
मुखको सहायताले घुर्न सुविधायुक्त स्थानमा
शुभलाभको छापले धापमारी पुर्‍याइएका
एक हुल

पार्टिधिपतिद्वारा संकलित समावेशी
अर्को थरी हुल मिसिएर बायो उत्सर्जन गर्न
बाहेक झिँगाको टाउको मार्दा पाप सम्झी
वाक्य फुट्न अप्ठ्यारो भएका
वाक्य फुटिहाले मालिकरूपी पैतालाको
किलो हल्लिएर मुत्र नलिबाट तुरूक्क हुने डरले
मनका कुरा मनमै गाँठो पार्न
सक्ने वरदान पाएका
यी राष्ट्रका परनिधिलाई
ब्युँझाउन वन झाँक्रीको भेद लाग्ला कि !

०००

कैलाली, हाल : थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x