साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (७)

आँखा ठ्याक्कै नदेख्नेको चिरिन्छ पेट तत्क्षण उपचार छिटो राम्रो गर्ने यस्तो छ लक्षण । नसाको रोग लागेमा पखाला रोक्न ओखती हाम्रै डाक्टरले दिन्छन् यो हो सुधारको गति ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन  :

सामदाम मिलाएर काम तमाम गर्दछु
दाँत दाह्रा तिखारेर सधैँ अगाडि सर्दछु (६१)

चारोखोज्न कुनैबेला गाउँ गाउँ म डुल्दछु
भेटे चारो डकारेर बस्छु गमक्क फुल्दछु (६२)

बालुवाको कुलो खन्दै खेतीपाती लगाउँछु
कामको निहुँ पारेर गाउँ बस्ती बगाउँछु (६३)

ढोडका घरमा सोझा राख्छु नाक फुलाउँछु
सपना चन्द्रमा टेक्ने देख्छु मान्छे भुलाउँछु (६४)

स्वास्थ्य संस्थाहरू खोल्छु बिरामी मै बनाउँछु
रोगीहरू मरे केभो निरोगी म बँचाउँछु (६५)

स्वास्थ्य नीति यहाँ मेरोभन्दा राम्रो कतै छर
नखाई महिनौ बाँच्ने यहीँ भेटिन्छ डाक्टर (६६)

ढिलो हुन्न छिटो राम्रो गर्न सकिन्छ ओखती
बिरामी स्वर्गमा पुग्दा आउँछन् जाँच्न जाँचकी (६७)

आँखा ठ्याक्कै नदेख्नेको चिरिन्छ पेट तत्क्षण
उपचार छिटो राम्रो गर्ने यस्तो छ लक्षण (६८)

नसाको रोग लागेमा पखाला रोक्न ओखती
हाम्रै डाक्टरले दिन्छन् यो हो सुधारको गति (६९)

छालाको रोग लाग्नेले हड्डीको राख्न डाक्टर
हड्डीको रोगमा फेरि छाला जाँछे हुँदैन र ? (७०)
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x