साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दीर्घायु

हजुरबा भन्दैगए “तेलमालिस गरेर शरीर दह्रो भएपछि, सही र असल कर्मको सिमा बाहिर नगएपछि, आफू भित्रका सबै द्वेष निकालेर फालेपछि,अनि शान्त र हँसिलो भएपछि जहिल्यै जीवन आनन्दायी हुन्छ अनि दाजुभाइ, दिदीबहिनी दीर्घायु त भइहाल्छन् नि ।”

Nepal Telecom ad

उमानाथ दाहाल :

कोपिलाले जिज्ञासा राखी । आफ्नो नजिकै बसेर मामाहरूलाई तिहारको टीका लगाएको दृश्य हेरेकी उसको जिज्ञासाको समाधान गर्दै हजुरबाले भने “त्यो तेलमालिस गरेको शरीरमा नियमित तेलमालिस गर्नु पर्छ त्यसो भयो भने शरीर दह्रो हुन्छ भनेको हो ।”

कोपिलाले टाउको हल्लाई । हजुरबा भन्दै गए “त्यो तेलको घेराले हामीले कर्तव्यपथका सिमालाई ख्याल गरेर अगाडि बढ्नु पर्छ, गलत क्षेत्रमा प्रवेश गर्नु हुँदैन त्यसो भयो भने सफल भइन्छ भन्ने सन्देश दिएको हो ।”

“अनि त्यो ओखर फोरेको चैँ ?“ कोपिलाले जान्न खोजी ।
हजुरबाले मुस्कुराउँदै जवाफ दिए “त्यो भनेको आफूभित्रका रिस,इर्ष्या, घमण्ड, स्वार्थ,अल्छीपना सबै निकालेर फाल्नु पर्छ है भनेको हो ।”

हजुरबाले अझै थपे “अनि टीका र मालाले मान्छे जहिल्यै सुन्दर, शान्त र फूल जस्तै हँसिलो हुनुपर्छ भन्न खोजेको हो । बुझ्यौ ?”

उसले बुझेको अभिनय गर्दै टाउको हल्लाई ।
हजुरबा भन्दैगए “तेलमालिस गरेर शरीर दह्रो भएपछि, सही र असल कर्मको सिमा बाहिर नगएपछि, आफू भित्रका सबै द्वेष निकालेर फालेपछि,अनि शान्त र हँसिलो भएपछि जहिल्यै जीवन आनन्दायी हुन्छ अनि दाजुभाइ, दिदीबहिनी दीर्घायु त भइहाल्छन् नि ।”

०००
शिवसताक्षी नगरपालिका दूधे झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निभ्नलागेको आगो

निभ्नलागेको आगो

उमानाथ दाहाल
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x