साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पदवी र विभूषण नदेऊ सरकार

न त हामी नातेदार हौँ, न तिम्रा क्राइटेरियामा पदकको हकदार नै हौँ । हामीजस्ता वेदाग, देशभक्त, इमान्दार नागरिकलाई, विभूषण दिएर आफ्नो कालो दाग नहटाऊ ।

Nepal Telecom ad

शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ :

सरकार !
अति भए मलाई जेल देऊ,
गोडामा नेल लगाऊ ,
हातमा हतकडी ठोक,
करङ्ग भाँचिने गरि कुट ।
भएको जायजेथा सवै लुट,
बरु त्यो सवै सहन्छु !!
तर, कुटेर बेहोस भएको बेलामै भए पनि,
मेरो गलामा मान, पदवी र विभूषण नदेऊ ।
मेरो इज्जतको हुर्मत नलेऊ ।

हामी देशभक्त नागरिक पदका लागि अयोग्य छौँ
कसैको ज्यान मारेका छैनौँ,
कसैेलाई बेपत्ता पारेका छैनौँ,
न ठेक्कापट्टाको कमिसनमा राल झारेका छौँ,
न कालोधनको प्रतिशत
खुरूखुरू नेतातिर सारेका छौँ ।

न त हामी नातेदार हौँ,
न तिम्रा क्राइटेरियामा पदकको हकदार नै हौँ ।
हामीजस्ता वेदाग, देशभक्त, इमान्दार नागरिकलाई,
विभूषण दिएर आफ्नो कालो दाग नहटाऊ ।
मनपरी गर,
नागरिकता बेच,
विवाह गरेर आउने ज्वाइँ र बुहारीलाई,
आएकै दिन नागरिकता देऊ,
उनीहरूसंग कुस्त पैसा लेऊ,
महाकाली बेच, कोशी बेच,
जलविद्युत आयोजना चढाऊ,
विकासको फुर्ति लडाऊ,
बरु, यो देशै वेचेर खाऊ ।
तर, विन्ति छ सरकार !
हामी जस्ता वेदाग देशभक्तलाई विभूषण नदेऊ !
हाम्रो इज्जतको हुर्मत नलेऊ ।
सक्छौ आफ्ना परिवार भित्रै बाँड,
सक्दैनौ आफन्त भन्दा टाडा नबाँड ।
हामीलाई विभूषण दिएर,
नबनाऊ तिम्रो कलङ्कको भागिदार,
हुने मन छैन कुनै पदकको साझेदार !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x