सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पदवी र विभूषण नदेऊ सरकार

न त हामी नातेदार हौँ, न तिम्रा क्राइटेरियामा पदकको हकदार नै हौँ । हामीजस्ता वेदाग, देशभक्त, इमान्दार नागरिकलाई, विभूषण दिएर आफ्नो कालो दाग नहटाऊ ।

Nepal Telecom ad

शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ :

सरकार !
अति भए मलाई जेल देऊ,
गोडामा नेल लगाऊ ,
हातमा हतकडी ठोक,
करङ्ग भाँचिने गरि कुट ।
भएको जायजेथा सवै लुट,
बरु त्यो सवै सहन्छु !!
तर, कुटेर बेहोस भएको बेलामै भए पनि,
मेरो गलामा मान, पदवी र विभूषण नदेऊ ।
मेरो इज्जतको हुर्मत नलेऊ ।

हामी देशभक्त नागरिक पदका लागि अयोग्य छौँ
कसैको ज्यान मारेका छैनौँ,
कसैेलाई बेपत्ता पारेका छैनौँ,
न ठेक्कापट्टाको कमिसनमा राल झारेका छौँ,
न कालोधनको प्रतिशत
खुरूखुरू नेतातिर सारेका छौँ ।

न त हामी नातेदार हौँ,
न तिम्रा क्राइटेरियामा पदकको हकदार नै हौँ ।
हामीजस्ता वेदाग, देशभक्त, इमान्दार नागरिकलाई,
विभूषण दिएर आफ्नो कालो दाग नहटाऊ ।
मनपरी गर,
नागरिकता बेच,
विवाह गरेर आउने ज्वाइँ र बुहारीलाई,
आएकै दिन नागरिकता देऊ,
उनीहरूसंग कुस्त पैसा लेऊ,
महाकाली बेच, कोशी बेच,
जलविद्युत आयोजना चढाऊ,
विकासको फुर्ति लडाऊ,
बरु, यो देशै वेचेर खाऊ ।
तर, विन्ति छ सरकार !
हामी जस्ता वेदाग देशभक्तलाई विभूषण नदेऊ !
हाम्रो इज्जतको हुर्मत नलेऊ ।
सक्छौ आफ्ना परिवार भित्रै बाँड,
सक्दैनौ आफन्त भन्दा टाडा नबाँड ।
हामीलाई विभूषण दिएर,
नबनाऊ तिम्रो कलङ्कको भागिदार,
हुने मन छैन कुनै पदकको साझेदार !!

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लागू भएन

लागू भएन

शम्भु जमरकट्टेल हेदाङ्ने
बाँदर र मान्छे

बाँदर र मान्छे

शम्भु जमरकट्टेल हेदाङ्ने
खत्रा छ

खत्रा छ

शम्भु जमरकट्टेल हेदाङ्ने
कसैकाे दशा, कसैकाे दशैँ ?

कसैकाे दशा, कसैकाे दशैँ...

शम्भु जमरकट्टेल हेदाङ्ने
मेरो क्रन्दन

मेरो क्रन्दन

शम्भु जमरकट्टेल हेदाङ्ने
म नेता हुँ

म नेता हुँ

शम्भु जमरकट्टेल हेदाङ्ने
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही