साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यागुताको संसार

Nepal Telecom ad

जीवन त  height=
पुच्छर हल्लाएर पनि 
बाँच्तो रहेछ {{read_more}}
खुट्टा नपाएर पनि 
गतिशील नै बन्दो रहेछ
खुट्टा पलाएपछि चेपागाँडाले
आफ्नै पुच्छर पनि झार्दो रहेछ
तर यहाँ
खुट्टा हुनेहरूले पुच्छर हल्लाइरहेछन्
पुच्छर हुनेहरूले खुट्टा बजारिरहेछन्
पुच्छर हल्लाएर पनि खुट्टा पलाएको छैन
खुट्टा बजारेर पनि पुच्छर झरेको छैन
खुट्टासँगै पुच्छर र 
पुच्छरसँगै खुट्टा लिएर 
बाँचिरहेछ वर्तमान ।

माछाजस्तै बनेर चेपागाँडा
कञ्चन पानीमा रमाउँछ
भ्यागुतो नबनेसम्म चेपागाँडा
स्वच्छ पानीमै पौडिरहन्छ
भ्यागुतो बनेपछि उसले
आफ्नै जीवनचक्र बिर्सिदिन्छ
सफा पानीलाई धमिल्याएर
हिलामै टरटर गरिरहन्छ
गगन चुम्न उत्सुक
कमलका खुट्टाहरू तानेर
सधैं सधैं कलमलाई सताइरहन्छ ।

भ्यागुताको कुनै वजन हुँदैन
वजन नभईकन 
बाँच्नु–नबाँच्नुको अर्थ हुँदैन
जतिसुकै भुके पनि
भ्यागुताको भुकाइले 
कसैलाई टोक्न सक्तैन
हिलो छ्यापेर हिलामै रमाइरहनेलाई
मुक्तिको कहिल्यै चाहना हुँदैन
त्यसैले त भ्यागुताको संसारले
आपूmसँगै कमल मुस्कुराइरहेको 
कदापि देख्नै सक्तैन ।

२०७५ माघ २, गैंडाकोट–१, नवलपुर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समयको मेचमाथि भूपी शेरचन

समयको मेचमाथि भूपी शेरचन

डा. मतिप्रसाद ढकाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x