साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश खाने कथा

Nepal Telecom ad

१. height=
कारागारहरू कुनै मुलुकमा बोक्सी बनेका थिए 
रातारात डुबे घुले सपथमा झाक्री बनी निस्किए {{read_more}}
ऐनाको कुन देश ?पात्र कुन हो ?के हो लुकेको व्यथा ?
साथी उत्तर माग्छु लौ भन छिटो हो देश खाने कथा 

२.
गाई पो दुहियो चुनाव जितियो सानो कुनै गाउँमा
सत्तामा पुगियो विमान दुहियो अर्कै नयाँ ठाउँमा
को हो पात्र ?छ गुह्य के ? सकस के ?के हो लुकेको व्यथा ? 
साथी लौ न बताउनू अब छिटो हो देश खाने कथा 

३.
तोते बोल्दछ एउटा मगजमा बोली नपस्ने गरी
अर्को भन्छ उखान मात्र रसिला आकाश खस्ने गरी
को हुन् पात्र यिनी बडा मुलुकका नाचेर बस्छन् कता
छिट्टै नाम बताउनू अब सखे हो देश खाने कथा 

४.
भन्थे आँसु धुँदा रुँदा सडकमा हूँ सर्वहारा भनी
टोक्छन् गोमन सर्प झैँ सदनमा गै सर्पहारा बनी 
को हुन् पात्र यिनी?छ के इलम खै ?टोक्छन् सदा सर्वदा 
साथी उत्तर लौ बताउनु छिटो हो देश खाने कथा 

५.
सत्तामा चलखेल गर्न जसले कैयौं मसाला भुट्यो 
मन्त्रीमण्डलमा छ मस्त कहिले नाकाहरूमा सुत्यो 
को हो वीर ? छ शक्ति के कति ?अझै ताक्दो गुलेली कता ?
छिट्टै उत्तर लौ बताउनु सखे हो देश खाने कथा ।

पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x