साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नाङ्गो पथ !

Nepal Telecom ad

म नाङ्गै पल्टेको पथ हुँ सबको त्राटन सही height=
मलाई कुल्चन्छन् रनवन सबै निर्मम भई {{read_more}}
सबै हिँड्छन् मेरै उरउपर टेक्दै छिन छिन
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?

म गोरेटो बन्दै युग युग सहेँ लात कतिका !
र घोडेटो बन्दै युग युग सहेँ टाप कतिका !
नदीमा खोल्सामा पुल बनिदिएँ राहत दिन !
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?

हिँडी मेरै छाती कति कति पुगे उच्च शिरमा
सिँढी बन्दै मैले कति कति चढाएँ शिखरमा
सबै बिर्सी मेरा गुन मसित नै हुर्मत लिन
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?

चिरी मेरै छाती नहर बनिए यी कति कति
चिरी मेरै छाती सहर बनिए यी कति कति
दिएँ मात्रै मैले रतिभर कसैबाट लिइनँ
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?

तिमीलाई भन्दै अनल(अलकत्रा पनि पिएँ
सहेँ पीडा कन्दै सबल पिचबाटो बनिदिएँ
तिमी हाँक्छौ मेरै उरउपर गाडी प्रतिदिन
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?

सकेनौ खै कैल्यै बदलिन गुणी भै गुण लिन !
थुकेका छौ उल्टै मउपर तिमीले प्रतिदिन !
सधैँ लात्ती तिम्रो सहन र सधैँ पीडित हुन
सधैँ दासी बन्दै रुन नसकिने भो अब सुन !
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
जङ्गलको चुनाव

जङ्गलको चुनाव

डा. रामप्रसाद ज्ञवाली
दुर्जनलाई मन नपर्ने निबन्धहरू

दुर्जनलाई मन नपर्ने निबन्धहरू

डा. रामप्रसाद ज्ञवाली
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x