प्रेम ओली ढकलपुरेकठैबरा सपना !

आहा !
सपना होस् त यस्तो पो होस्
आजसम्म कहिलै नदेखिएको सपना {{read_more}}
कस्तो अदभुत सपना !!
प्रधानमन्त्रीले भनेकै जस्तो
एक महिनामा नै आइपुग्यो मेलम्चीको पानी
त्यो देखेर गदगद छिन घरकी नानी
भान्छादेखि शौचालयसम्म
गल्लीदेखि मुलसडकसम्म पानी फालाफाल
बल्ल देखिए राजाधानीबासी मालामाल
श्रीमतीलाई लिएर केरुङसम्म पुगियो रेलमा
भयो त देश राम्रो गाठे ! खेल खेलमा !!
मनोरेलमा हालेर बा आमालाई शहर घुमाइयो
लिफ्ट चढेर धरहराको टुप्पो समाइयो
भ्रष्टाचारी कमिसन खोर बिदेश भागाभाग छ
सिहदरमा खाली निष्ठावानहरूको माग छ
बलात्कारी, हत्यारा सब शुन्य छ
चोरचकार सब जेलमा थुन्य छ
हेर्दा हेर्दै देशको गतिले ठडियो शिर
छिमेकीले पो रिस गर्लान् भन्ने पिर
भारत र चाइनाबाट आका रेल काठमाडौंमा झन्न जुधे
त्यो देखेर म निद्राबाट झल्यास्स बिउझेँ
फेरि निदाउने कोशिस गरेँ, के निद्रा लाग्थ्यो ?
रिमोट लिएर यसो टिभी खोलेँ
समाचार बाचक यसरी बोले
बाइडबडीमा अरबौँ हरन
रेशम चौधरीलाई सपथ ग्रहण
मेलम्ची पानी नआउने भो
बलात्कारीले सजाय नपाउने भो
चोरलाई मुक्ति साधुलाई सुली
चार दिनदेखि बपत्ता ठुली
बिउँझदा यस्तो छ बिपना
कठैबरा मेरो सपना !!!
दाङ
Subscribe
Login
0 Comments
Oldest



































