साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लठ्ठीको बिटो

Nepal Telecom ad

अंग्रेजी आलेख : गोल्डेन बल्स height=

कुनै समयमा एउटा गाउँमा एउटा किसान बस्थ्यो । त्यो किसान धनधान्य ऐश्वर्यले सम्पन्न थियो । {{read_more}} त्यसैले सबैले उसलाई त्यस गाउँकै सबैभन्दा खुसी र सुखी मान्छे ठान्थे । उसका तिन भाइ जवान र सुन्दर छोरा थिए । यसरी भरिपूर्ण धनधान्य र समर्थशाली छोराहरू भएर पनि त्यो किसान दुःखी थियो । उसको दुःखको एउटै कारण थियो, उसका छोराहरू सधैं झगडा मात्र गरिरहन्थे ।

एकदिन उसको दिमागमा एउटा राम्रो योजना फु¥यो । उसले यस योजना अनुसार केही लठ्ठीहरू भेला पा¥यो र तिनलाई एउटै बिटो पा¥यो । उसले तिनै भाइ छोराहरूलाई बोलायो र ती तिनै भाइलाई एकएक गरी पालैपालो त्यो बिटोलाई भाँच्न अरायो । सबै भाइले पालैपालो सकेसम्म बल लगाएर त्यसलाई भाँच्ने प्रयास गरे तर कसैको केही लागेन । लठ्ठीको त्यो मुठो कसै गरे भाँचिएन । हार भएर उनीहरूले त्यो बिटो बाबुलाई त्यतिकै फिर्ता गरे ।
किसानले त्यो बिटोलाई फुकायो र सबैलाई एक एकवटा लठ्ठी दिँदै सबैलाई त्यो लठ्ठी भाँच्न भन्यो । यस पटक एउटा एउटा भएकाले सबैले लठ्ठी सजिलै भाँचे । जेठो चाहिँ छोरालाई निकै खसखस लागेछ, सोधिहाल्यो “बुबा ! बेकारमा किन हामीलाई यो लठ्ठी भाँच्न लगाउनुभएको ?”

किसान मुसुक्क मुस्कायो र सबै छोराहरूलाई सम्झाउँदै भन्यो “हेर छोरा हो ! तिमीहरू पनि यिनै लठ्ठी जस्तै हौ । तिमीहरू पनि यो लठ्ठीको बिटो जस्तै मिलेर एक भयौ भने तिमीहरूलाई पनि कुनै सत्रुले केही गर्न सक्दैन, तर यसरी नै एक–आपसमा लडिरह्यौ भने विभाजित भइरह्यौ भने तिमीहरू पनि यसरी नै सत्रुबाट सजिलै परास्त हुनेछौ जसरी यी लठ्ठीहरू तिमीहरूले सजिलै भाँच्यौ !”

बल्ल केटाहरूको घैंटामा घाम लाग्यो । उनीहरूले बाबुको सन्देश बुझे । त्यसपछि उनीहरूले लडाइँ झगडा गर्न छोडे । त्यसले गर्दा उनीहरूको एकताका अगाडि सत्रुको पनि केही लागेन । किसान पनि सधैं प्रसन्न रहन थाल्यो । हामी पनि एकजुट भयौं भने शक्तिशाली हुन्छौं, विभाजित भयौं भने सधैं पराजित हुन्छौं ।

अनुवाद : गंगाप्रसाद अधिकारी 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x