साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

अब भएन फसाद ! बिचरी आमै ऐले पनि नरकमा यातनै भोग्दै छिन् अरे । एता बाबै उर्वशी रम्भाहरूसँग छिल्लिँदै स्वर्गको मस्तीमा मस्त ! हैट  !

Nepal Telecom ad

डा. गंगाप्रसाद अधिकारी :

एउटा गाउँमा बुढा र बुढी मात्रै बस्थे । छोराछोरी हाम्रै जस्तो कोइ क्यानडा, कोइ अम्रिका, कोइ कता । दुवै सँगसँगै जस्तो मरेछन् ।
दुवै जना स्वर्ग र नर्क जाने बोर्डरमा पुगे । बोर्डरमै चित्रगुप्तको कार्यालय रहेछ । चित्रगुप्तले दुवैको पाप-धर्मको अभिलेख पल्टाए । बुढीको अकाउन्टमा ९९ धर्म र १ मात्र पाप दर्ता रछ । बुढाको खाता पल्टाए, ठ्याक्कै उल्टो- १ धर्म ९९ पाप ।

गुप्त बाले बुढी आमैलाई सोधे- तपाईंले एउटा पाप र ९९ धर्म गर्नुभएछ । पहिले धर्मको फल भोग्ने कि पापको ?
बुढी आमैले विचार गरिन् – एउटै पापको भोग त हो, भोगिहाल्छु । तेसपछि ढुक्कै स्वर्गमा बस्छु । उनले चित्रगुप्तलाई आफ्नो इच्छा जाहेर गरिन् र तल्लो बाटो भएर नर्कतिर लागिन् ।

गुप्तजी बुढातिर फर्केका मात्र थिए, बुढाले आफ्नो निर्णय सुनाइहाले – आ ! म त त्यो एउटा धर्मको पनि भोग गरिहाल्छु । पछि जेहोला !
बुढा स्वर्गका उर्वसी, मेनका, रम्भा, तिलोत्तमाहरू सम्झेर थुक निल्दै माथ्लो बाटो लागे स्वर्गतिर ।

बाबै आमैको आआफ्नो पाप र धर्मको भोग सकिएर ठाउँ फेर्न तीनचार दिन मात्रै बाँकी थियो, बोर्डर क्षेत्रमा आँधीबेहरी आएर चित्रगुप्तको रेकर्ड फाइल नै बेपत्ता पार्दिएछ । अब भएन फसाद !

बिचरी आमै ऐले पनि नरकमा यातनै भोग्दै छिन् अरे । एता बाबै उर्वशी रम्भाहरूसँग छिल्लिँदै स्वर्गको मस्तीमा मस्त ! हैट  !

०००
ठट्टा गरेको दिन, फागु पुर्नियाँ २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x