साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एडिक्ट

केही बेरमा हरियाले एक पाउन्ड पाउरोटी ल्याएर उसको हातमा थमाइदियो । उसले सशङ्कित हुँदै दायाँ बायाँ हेर्दै त्यो पाउरोटी एकै छिनमा खाइसक्यो ।

Nepal Telecom ad

गंगाप्रसाद अधिकारी :

“उफ्, तीन दिन भैसक्यो गाँठे यो बेडमा सुतेको ! यो तीन दिन पनि कति लामो लागेको तीन महिना जस्तो ! अझै डाक्टर डिस्चार्जको कुरै गर्दैन । अब त घरमै बसेर दबाई खाँदा भैहाल्थ्यो नि !” उसलाई छटपटी भइरहेछ, चाँडै निको हुनुको भन्दा पनि घर गएर रक्सी तुइँक्याउनको ।

के गर्ने र, अस्पतालको सय मिटर वरपरसम्म रक्सी सेवन त के बेचबिखनलाई समेत प्रतिबन्ध लगाइदिएको छ नगरपालिकाले !

रक्सीको तलतल खप्नै नसक्ने भइसक्यो, अझै दुई चार दिन उम्कन पाइने छाँट छैन यहाँबाट । उसको छटपटी झन् थपिएर औडाहा हुन थाल्यो । के गर्ने होला ? ऊ गम्भीर भएर सोच्न थाल्यो ।

अँ, आइडिया ! उसको अनुहारमा अचानक खुसी दौड्यो ।
उसले अर्को बेडको कुरुवा हरियालाई बोलायो । हरिया उसका लागि पनि सशुल्क सेवक भएको छ अहिले । खानेकुरा, पानी, औषधी लगायत हरियाले नै ल्याइदिने गरेको छ उसलाई ।
उसले हरियाको कानमा केही खासखुस गर्‍यो र पाँच सयको नोट दियो ।

केही बेरमा हरियाले एक पाउन्ड पाउरोटी ल्याएर उसको हातमा थमाइदियो । उसले सशङ्कित हुँदै दायाँ बायाँ हेर्दै त्यो पाउरोटी एकै छिनमा खाइसक्यो ।

पाउरोटी उसलाई मजैले लागेछ । राता राता आँखा पार्दै जिब्रो र मुख बटार्दै उसले हरियालाई भन्यो “ठ्याङ्क यु ह डि या ब्डो ! ठ्याङ्क यु ! आइ एम ह्याप्पी विथ यु ओके ? भोलि पनि ल ? ओके ?” अनि तीन दिनको तलतल एकै पटक मेटाएर बिछ्यौनामा निर्धक्क पल्टियो ।

०००
२०८०।५।१२
भद्रशिवा टोल, भद्रपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x