साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वास लाग्दैन है !

थाली भोजनमा विदेशतिरकै मिष्ठान्न हुन्छन् सदा । गर्छौ मोज बिहान रात अथवा उस्तै छ मस्ती दिवा । तिम्रो यै अभिमानले मुलुकको सर्वस्व गुम्दैछ है ! दिन्नौँ ठाउँ कतै यहाँ मुलुकमा विश्वास लाग्दैन है !

Nepal Telecom ad

होमनाथ घिमिरे :

बेच्यौ उद्यमका थिए मुलुकमा आधार हाम्रा जब ।
सत्ताभित्र लुछाचुडी कति ग-यौ खायौ लुट्यौ गौरव ।
बोल्छौ मात्र झुटो हरेक दिनमा सम्मान जाग्दैन खै !
गर्दैनौ शुभ कर्म यो मुलुकमा विश्वास लाग्दैन है !

छैनौ कत्ति इमानदार जसरी नेतृत्त्व तिम्रो अब ।
मानौँ पो कसरी र उत्तम भनी ठान्नू सधैँ गौरव !
हिंसा मानिसको ग-यौ धन लुट्यौ खायौ पचायौ कि खै !
छैनन् लक्षण कत्ति फेरि गतिलो विश्वास लाग्दैन है !

आओस् व्यक्ति नयाँ विचार गतिलो यो राष्ट्र हाँक्नेगरि ।
फाँडोस् भ्रष्ट जहाँ अघोर खलको झाडी बनेलीसरी ।
भाग‍ोस् विघ्न सबै; परन्तु यसरी सद्भाव जाग्दैन खै !
चिन्दैछौँ अहिले सदैव झुटका विश्वास लाग्दैन है ।

छैनन् न्याय समान यो मुलुकमा निर्दोष छन् दण्डित ।
छैनौ विज्ञ; उदण्ड छौ मगजका, बन्छौ स्वयं पण्डित ।
तिम्रो चर्तिकला हरेकथरिका फेरिन्न फेरिन्न खै !
पैसा निम्ति सदैव पागल तिमी विश्वास लाग्दैन है।

थाली भोजनमा विदेशतिरकै मिष्ठान्न हुन्छन् सदा ।
गर्छौ मोज बिहान रात अथवा उस्तै छ मस्ती दिवा ।
तिम्रो यै अभिमानले मुलुकको के बाँच्छ माटो र खै !
दिन्नौँ ठाउँ कदापि यो मुलुकमा विश्वास लाग्दैन है !

०००
भरतपुर चितवन
५ भाद्र,२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x