साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महारोग !

सत्ता-भोक अचम्म हुन्छ नरमा छोड्दैन पाएपछि । आँफै बस्छ हरेक उच्च पदमा कुर्सी समाएपछि । छैनन् कत्ति विचार राष्ट्र जनता, कर्तव्य बुझ्ने छ को ! मान्छे पागल हो कि वा लहड हो कस्तो महारोग यो ।

Nepal Telecom ad

होमनाथ घिमिरे :

बाली खास छ राजनीति अहिले, फस्टाउँदो देशमा !
माली दास छ शत्रुकै हित हुने, षड्यन्त्रको भेषमा !
त्याग्नै हुन्न; यही छ मानसिकता, नेतृत्व सत्ता अब ।
भोग्नैपर्छ हरेक राष्ट्र सुविधा, चाहे गुमोस् गौरव ।

छोड्ला काल कतै; परन्तु पदमा, गर्दै रडाको अति !
सत्ताप्राप्ति निमित्त व्यक्ति दलमा, छर्दै बखेडा कति !
निद्रा हुन्न अरे विना पद हुँदा, देखिन्छ आडम्बर ।
खोज्छन् दाउ सदैव राष्ट्र कसरी, लुट्ने र खानेतिर ।

आओस् व्यक्ति नयाँ विचार गतिलो, छैनन् भने चाहना –
होला राष्ट्र विकास फेरि कसरी, राखेर दुर्भावना !
यौटै पात्र हरेक शक्ति पदमा, खोज्दै छ नेताागण ।
दाबेदार हरेकपल्ट छ उही, के हुन्छ नौलोपन !

अर्काको भरमा उठेर भुइँमा टेक्नेहरू छन् कति !
अर्काकै करमा बसेर सपना देख्नेहरू छन् जति !
छैनन् सोच कुनै भविष्य गतिलो, सङ्कल्प हुन्नन् भने !
होला उन्नति के सधैँ अगतिलो, मान्छे निकम्मा बने ।

बाँचिञ्जेल यहाँ लडाइँ झगडा, सम्बन्ध छन् बर्बर ।
के लान्छन् सँगमा मरेर तटमा, अज्ञानता आखिर ।
पैसामा पदमा उमेर बलमा , सन्तुष्टि के मा भन !
के ह‍ो अर्थ विशेष मानव जुनी, के हुन्छ त्यो मापन !

सत्ता-भोक अचम्म हुन्छ नरमा छोड्दैन पाएपछि ।
आँफै बस्छ हरेक उच्च पदमा कुर्सी समाएपछि ।
छैनन् कत्ति विचार राष्ट्र जनता, कर्तव्य बुझ्ने छ को !
मान्छे पागल हो कि वा लहड हो कस्तो महारोग यो ।

०००
भरतपुर चितवन
२१ असार, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x