साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चड्कन 

Nepal Telecom ad

देशको विकास गर्लान्, जनताका पिरमार्काको हेरचाह गर्लान् अनि दिन दुःखीको सहारा बन्लान् भन्ने आसाले जनताले नेता बनाउँछन् अनि नेतृत्व पनि सुम्पिन्छन् ।  height={{read_more}}  नेताले जब नेतृत्व पाउँछन् त्यसपछि आफूलाई बनाउने तिनै जनताको थाप्लोमा टेकेर नाच्न थाल्छन् । अझ पावरमा भएका बेला त कुरा नगरौं के के गर्छन् के के यतिसम्म गर्छन् कि जनतालाई भुसुना सम्झन्छन् । भुसुना नाकमा छि¥यो भने के हुन्छ तिनले कहिले सोच्दैनन् ।
 
हालैमात्र एउटा प्रदेशका मन्त्री महोदयले कता हो बडो फुर्तिका साथ जनताको काम गर्ने मनसाय राखेछन् र कति हो खै ? मा एनजिओसँग कुरा मिलाएछन् । उता कुरा मिलाएछन यता काम गर्ने कर्मचारीले उनले मिलाएको कुरा बुझेनछन् बबुराले । कति कमिशन खल्तीमा हाल्ने दाउ थियो होला मन्त्री महोदयको कोनि ? योजनामा पारेनछन् सचिवले अनि त के मन्त्रीको कन्पारो यस्तरी तातिएछ कि कतिखेर लबेटाले सचिवको गाला मुसा¥यो थाहै पाएनछन् । दुईचार पल्ट मुसारेपछि बल्ल थाहा  पाएछन् । मन्त्री महोदयले मुसारेको गालामा सरकारी छाप लागेछ । छाप देखेर सचिवज्यूले नै घोषणा गरेछन् यो मुसाराई होईन यो चड्कन हो र मैले चडकन खाएँ भनेर । तिनको घोषणालाई तत्काल कसैले सुनेनछन् र आँसुले सम्झाएछन् बल्ल सबैले थाहा पाएछन् कि वास्तवमा त्यो चड्कन नै थियो भनेर । जनताको धड्कन बन्नु पर्ने नेता अझ मन्त्रीले धड्कनको साटो चड्कन हान्न थालेपछि के काम भयो र भन्ने गुनासो हुनसक्छ । तर, पहिला नेता बन्न अनि नेताबाट चुनाव जितेर सभासद हुन सानो कसरत ग¥या त हैन होला । अब तेत्रो कसरत गरेको भुसतिघ्रेले आफ्नो पावर कता प्रयोग गरुन् त ? जता सजिलो प¥यो उतै प्रयोग गरे । सचिवज्यू खप्न नसकेर अस्पतालमा गएर सुतेछन् । मन्त्रीले भनेको नमानेपछि यस्तो हुन्छ भन्ने पहिल्यै बुझ्नु त पर्ने हो नि । जनताले राहत पाउन् भन्ने सोंच अनि अर्को चुनावलाई फण्डको खोज समेत मिलाउने उद्धेश्यले त्यत्रो चाँजोपाँजो मिलाउँदा पनि सोचे अनुसार नभएपछि दुईचार चड्कन नहानेर के गरुन् त मन्त्रीले । उनले हानेको चड्कन विकासे धड्कनको नमुना हो भनेर किन नभन्ने ? 

प्रत्येक प्रदेशमा एकएक चड्कन मन्त्रालय गठन गरेर यस्ता सुरालाई मन्त्री बनाईनु पर्छ । अनि देशको विकासले तिब्रता पाउँछ । राष्ट्र सेवक कर्मचारी भनेका मन्त्री महोदयका अरौटे भरौटे हुन । मन्त्रीले जे अराउँछन् जे बोकाउँछन् सुरुक्क गर्नु र खुरुक्क बोक्नुपर्छ । जस्ले मान्दैन नि उसले चड्कन खानु कुनै अनौठो कुरा हुदैन । विचरा कर्मचारीहरू कति सोझासाझा सरुवा गरि प्रदेश पठाइदिन्छु भन्दा एकहुल बाँधेर आन्दोलनमा उत्रिए । चड्कन खाँदा चुप । यो हो नि त काइदा अनि पो हुन्छ त फाइदै फाइदा । खोला तरुन्जेल पो लौरो चाहिन्छ पारि पुगेपछि किन चाहियो लौरो ? लौरो त खोलातिरै झटारो हाने भैगयो । अनि एउटा अनसन मन्त्रालय पनि गठन गरेर अनसन बस्नेको व्यवस्थापन गर्नसक्यो भने अझ काइदा हुने थियो । देशव्यापी दौडाहा अनसन गर्नु भन्दा प्रदेश पिच्छे एउटा एउटा अनसन मन्त्रालय भयो भने एउटै व्यक्तिले दौडाहा अनसन चलाउनु पर्ने थिएन । सन्दर्भ चड्कनको भएकोले चड्कनकै कुरा गरौं । चड्कन दुई नम्बरको हो र हान्ने पनि दुई नम्बरी नै हुन । अव दुई नम्बरबाटै चड्कन मन्त्रालय गठनको सुरुवात गरिनु पर्छ भन्ने मेरो भनाई छ । गर्नु नगर्नु त सरकार कै हातमा छ । जय होस् चड्कनको अनि जय होस चड्कन खाने सचिवज्यूको ।

काठमाडौं 
२०७५।१०।०२

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x