सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मन्त्री सांसदका काम

Nepal Telecom ad

‘काम नपाकी बुहारी पाडाको नाइटो कन्या’ भन्याझैं आजकल मन्त्री, सांसदलाई मैले बेरोजगार देख्न थालेको छु । {{read_more}} बग्रेल्ती सांसद र मन्त्री भएको हाम्रो गाम ठाम्मा  height=मन्त्री सांसदले निकै नै काम गरेका रहेछन् बिगतको एक बर्षमा । उहाँहरूको कामलाई तल बुँदागत रुपमा हेरौ न है : 

१. बिकास निर्माणका चिन्तनमा घोत्लिन छाडेर विद्यालयका बार्षिकोत्सवमा लावा लस्कर र कार्यकर्तारुपी छावा लिएर धावा बोल्दै हिँडेको ।

२. बिदेश भ्रमणमा सरिक भै नानाथरिका फोटो फेसबुकमा अपलोड गर्ने अनि पत्रकार सम्मेलन मार्फत बिदेश भ्रमणको उपलब्धि यो रह्यो, उ रह्यो भन्ने तर स्वदेश फर्केपछि सिन्को नभाँच्ने ।

३. जिल्ला, बिदेशमा भ्रमणको संख्या बढाएर भ्रमण भत्ताको लाखौं रकम सचिवालय मार्फत बुझ्ने ।

४. आफ्ना आफन्त मध्येबाटै पिए र अन्य कर्मचारी नियुक्त गर्ने अनि पारदर्शिता र सदाचारको कुरा अगाडि बढाउने ।

५. आफ्ना कार्यकर्ता बिरामी भएको खण्डमा अस्पताल भर्ना भएका बिरामीलाई भेटेर शीघ्र स्वास्थलाभको कामना गर्ने 
अनि सो को फोटो फेसबुकमा पोस्ट्याउने अनि साखुल्ले छु झैं पार्ने ।

६. कार्यकर्ताको बिवाह समारोहमा समावेश भएर दाम्पत्य जीवनको शुभकामना दिने अनि सो को फोटो पनि फेसबुकमा हाल्ने र कार्यकर्ता प्रति निकै नै ज्युँदाको जन्ति र मर्दाको मलामी हुँ झैं भान पार्न सक्ने । 

७. कार्यकर्ता वा कार्यकर्ताको आफन्तजनको मृत्यु हुँदा शोक समारोहमा गएर श्रद्धान्जली व्यक्त गर्ने अनि फेसबुकमार्फत उहाँ यस्तो हुनुहुन्थ्यो र उस्तो हुनुहुन्थ्यो भनेर मृत्यु पश्चात मात्र गुणगान गाउने । 

८. कार्यकर्ताद्धारा संचालित गाउँगाउँका सहकारीको साधारण सभामा गएर प्रमुख अतिथि हुने अनि भ्रमण खर्च बुझ्ने साथै शुभकामना मन्तव्य राख्ने ।

९. कार्यकर्ताद्धारा आयोजना गरिएका वनभोजमा निशुल्क सहभागिता जनाएर दमदार भाषण गर्ने अनि कुना जमाउने ।

१०. बेला बेलामा कर्मचारीसँग भेट हुँदा बाद बिवाद गर्ने अनि फुर्सदको समयमा कर्मचारी कुट्ने । 

११. प्रतिपक्षको सांसद भए गोबिन्द केसिको आन्दोलनलाई उचाल्न सहयोग गर्ने तर संसदमा जवाफदेहिताको कुरै नउठाउने । 

१२. बिदेश भ्रमण जाँदा आफन्तलाई लैजाने र उतै छाड्ने गरि मानव तस्करको कार्य गर्ने । 

१३. हरेक पटक उहि धुलाम्य बाटोमा हिँड्ने अनि बिरामी परेपछि अस्पताल भर्ना भै बिरामी हुनुको सहानुभुति बटुल्ने अनि बिरामी भत्ता बुझ्ने तर त्यो बाटोको स्तरउन्नतीको लागि भुत्लो भाङ केही नगर्ने ।

१४. प्रतिपक्षको सांसद भए क्ष् बm धष्तज ल्ष्चmबबि  लेखिएको फेसबुके फोटो प्रोफाईलमा राखेर मानवअधिकारवादीको ढोंगी चरित्र देखाउने तर सिन्को नभाँच्ने । 

१५. हरेक पटक बिभिन्न धार्मिक सम्मेलनमा सहभागिहुने अनि धर्मको बारेमा बोल्ने साथै जुन धर्मको सम्मलेन छ, त्यहाँ दिईएका धार्मिक कपडा धार्मिक गुरुले झैं लगाउने र त्यही धर्मको गुणगान गाउने अनि राज्यको धर्म हुँदैन भनेर प्रचार प्रचार गर्ने । 

१६. केही अनलाईन र छापा पत्रिकालाई केही रकम घाँसहालेर स्वप्रचारमा हिँड्न लगाउने अनि अरुको दुस्प्रचार गर्ने, हुर्मत खोल्ने । 

खै यिनको कार्यसम्पादन मूल्यांकन मेरो आँखाले यहि नै देख्यो हजुरको आँखाले के देख्यो थाहा छैन, अलिक फरक देख्नु भएको भए पनि जानकारी पाउँ है । तर गाउँ पालिका र नगरपालिकाका प्रमुखको पनि यहि चाला रहेछ । मंसिर लागे पछि गाउँपालिका वा नगरपालिकाको कार्यालय हैन, विद्यालयको बार्षिकोत्सवमा खोज्न जानु पर्छ यिनीहरूलाई । यस्तै हालत भएपछि देश बन्ला त अशेष ? तारेमाम् ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad