साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्नुस कति चहिन्छ ?

Nepal Telecom ad

 height=यहाँ 
आलु, भन्टाभन्दा सस्तोमा नागरिता पाइन्छ 
भन्नोस् हजुर !  {{read_more}}
पाउ, किलो धार्नी तपाईंलाई कति चाहिन्छ ?

तपाईं पारीबाट, आलु, गोबी, टमाटर ल्याउनुस् 
नभए भिन्डी सिमी काउलीसित, नागरिता साटेर लानुस्
पासपोर्ट बनाएर बिदेश पनि यतैबाटै जानुस् 
एउटा कुरा भन्नोस् हजुर 
तेत्ती ठूलो देशको नागरिक भएर 
यो सानो फुच्छे देशको नगरिता किन चाहिन्छ 
तर फेरि पिर नगरी हाल्नोस्, जति भन्यो तेत्ती  पाइन्छ 
पानी पनि दिएकै हो 
माटो पनि दिएकै हो 
तपाईंलाई अफ्ठेरो भएको बेला 
सिमाना मिचेर बाटो पनि दिएकै हो  
अरु पार्टीको त विश्वाश छैन 
अहिले हाम्रो पार्टी सरकारमा छ, ढुक्क हुनुस् 
तपाईं चामल पठाइ दिनुस् 
प्याज, खुर्सानी पठाइ दिनुस् 
हामी यताबाट नागरिकता पठाइ दिन्छौँ 
लाइन पनि बस्नु पर्दैन 
हामी हाम्रो नागरिकता बाँड्ने 
टोली उतै खटाइ दिन्छौँ 
अर्को पार्टीको नोट खाए पनि  
भोट हाम्रो पार्टीलाई दिनु पर्छ 
अर्को पटक सरकारमा आएपछि 
भनी लिनु होला नि  
यहाँबाट के के लिनु पर्छ  ।

आइहाल्नुस् हजुर आइहाल्नुस्
तपाईं पनि नगरिकता अब  
फर्सी आलु काउली भन्दा 
बडा सस्तो भाउँमा पाइहाल्नुस् ।

दाङ, हाल काठमाडौं 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x